Get Our Android App

Tag: बलिउड

बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउदै

बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउदै

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन
बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । सिनेमा छायाँकनका लागि उनी नेपाल आउन लागेका हुन् । भारतीय मिडिया भास्कर दैनिका ‘उचाइ’ फिल्मको छायांकनका लागि अर्को महिना उनी नेपाल आउन लागेका हुन् । उक्त फिल्म सुरज बड्जत्याको निर्माण र निर्देशन रहेको छ । मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसँगै अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठीलगायतको अभिनय रहनेछ ।राजश्रीको ब्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभ बच्चनले नेपालमा ४० देखि ४५ दिन बिताउने बताइएको छ । चलचित्रको लागि छलफल गर्न केही समय अगाडि निर्देशक सुरज बर्जत्य नेपाल आएका थिए । उनी, करिब २ साता नेपाल बसेर मुम्बई फर्किएका थिए । यो चलचित्रले मित्रता र परिवारको कथा भन्नेछ । चलचित्रका लागि मुख्य कलाकारहरु बोमन इरानी, परिणिती चोपडा, अनुप खेर, निना गुप्ता लगायतका कलाकार पनि नेपाल आउनेछन् । चल...