Get Our Android App

Friday, January 27News That Matters

Breaking news 1

KHYANG-BU GUYS ले नयाँ वर्षमा डान्स पार्टी गर्ने

KHYANG-BU GUYS ले नयाँ वर्षमा डान्स पार्टी गर्ने

Breaking news 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट
दक्षिण कोरिया: KHYANG-BU GUYS ले यही आउदो डिसेम्बर ३१ तारिख अर्थात् अङ्ग्रेजी नयाँ वर्षाको अवसरमा नाईट धमाका डान्स पार्टी आयोजना गर्ने भएको छ। "नयाँ वर्ष धमाका डान्स पार्टी" नाम दिएको  उक्त डान्स पार्टीमा कोरियन तथा नेपाली डि.जे. ले संयुक्त रूपमा अङ्ग्रेजी, कोरियन, हिन्दी र नेपाली गीतको माध्यमबाट भरपुर मनोरञ्जन दिने भएको छ। सो डान्स पार्टी कोरियामा नेपालीहरुको ठुलो  जमघट हुने किम्हे शहरको 콩코드 나이드 क्लबमा बेलुका ८ बजे देखि बिहान ४ बजे सम्म नन स्टप हुने भएको छ । KHYANG-BU GUYS  दक्षिण कोरियाको ख्यङ्साङ्नाम्दो र बुसान क्षेत्रमा विभिन्न पेशामा आवद्ध जुझारु युवाहरू मिलेर विगत ४ वर्ष अघि स्थापना भएको एक समुह हो।  दक्षिण कोरियामा नेपाली युवाहरू मानसिक तनावका कारण डिप्रेसन हुने समस्या दिनप्रतिदिन बढिरहेको समयमा यसलाई केहि कम गर्नु सकिन्छ कि भन्ने उदेश्यले यो कार्यक्रम आयोजना भएको हो।  ...
न्यानो बितरण सहयोगार्थ B&S ग्रुप द्वारा प्रदर्शित चलचित्र “दुइ नम्बरि” वाट ७२ लाख वन कमाइ

न्यानो बितरण सहयोगार्थ B&S ग्रुप द्वारा प्रदर्शित चलचित्र “दुइ नम्बरि” वाट ७२ लाख वन कमाइ

Breaking news 1, Breaking news 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: न्यानो बितरण सहयोग गर्ने उद्देश्यको साथ "B&S GROUP" दक्षिण कोरिया द्वारा "दुइ नम्बरि" चलचित्र दक्षिण कोरियाको विभिन्न सहरहरुमा भव्यताका साथ प्रदर्शन सम्पन्न गरि आयोजकले हिसाब किताब सार्वजनिक गरेको छ। दक्षिण कोरियाको विभिन्न सहरहरुमा "दुइ नम्बरि" चलचित्र प्रदर्शन कार्यक्रम गरि जम्मा 72,48,000 वन आम्दानी भएकोमा चलचित्रको व्यवस्थापन खर्चमा 12,67,100 वन र चलचित्रको मुल्य 52,50,000 वन गरि जम्मा खर्च 65,17,100 वन वाट आम्दानी 72,48,000 घटाउँदा 7,30,900 वन आयोजकको कोषमा बचत भएको आयोजकले जनाएको छ।  चलचित्र प्रर्दशन कार्यक्रय भव्यता साथ सफल पार्न निमन्त्रणालाई सहर्ष स्विकार गर्दै पाल्नुहुने विभिन्न संघ संस्थाका प्रतिनिधित्व गरेर आउनु हुने प्रतिनिधि हरु लगायत उपस्थित सम्पूर्ण दर्शक हरु प्रति आयोजक "B&S GROUP" ले हार्दिक आभार व्यक्त गर्दै आगामि...
रविविरुद्ध आयोगमा उजुरी, विदेशी नागरिकता लिँदा नेपाली नत्यागेको आरोप

रविविरुद्ध आयोगमा उजुरी, विदेशी नागरिकता लिँदा नेपाली नत्यागेको आरोप

Breaking news 1, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट
  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उजुरीमा चितवनको प्रतिनिधिसभा क्षेत्र नं. २ को उनको उम्मेदवारी खारेज गर्न माग गरिएको छ ।     विदेशी नागरिकता ग्रहणपछि नेपालको नागरिकता त्याग गर्नुपर्नेमा लामिछानेले त्यसो नगरेको भन्दै राजकुमार पाण्डेले लामिछानेविरुद्ध उजुरी गरेका हुन् ।   सञ्चारकर्ममा फर्कनुअघि लामिछाने लामो समय अमेरिका बसेका थिए ।   निर्वाचन आयोगले लामिछानेविरुद्ध मंगलबार उजुरी परेको र त्यसमा उनको उम्मेदवारी खारेज गर्न माग गरिएको जनाएको छ ।   उजुरी परेसँगै चितवन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको छ ।   अब निर्वाचन अधिकृतले लामिछानेसँग यसबारे स्पष्टीकरण सोध्नेछन् । स्पष्टीकरणपछि यसबारे थप निर्णय हुने आयोगले जनाएको छ ।   केही महिनाअघि राष्ट...
उप-चारको क्रममा मालिकको निधन, ६ वर्षदेखि पाटनको अस्प-तालमा मालिकलाई कुरेर बसिरहेकी काली…

उप-चारको क्रममा मालिकको निधन, ६ वर्षदेखि पाटनको अस्प-तालमा मालिकलाई कुरेर बसिरहेकी काली…

Breaking news 1, Breaking news 2, breaking news 3, Nepse Update
  तपाईं’हरूले ‘हाची’ फिल्म हेर्नुभएको छ? कुकुर र मानिस’बीचको आत्मीय सम्बन्ध झल्काउ’ने यो फिल्ममा हाची नामको कुकुर आफ्नो मृत मालिक कुर्दै वर्षौंसम्म रेल-वे स्टेसनमा बिताउँ’छ। यो जापानको वास्तविक घटनामा आधा’रित फिल्म हो। यस्तै घट’ना पाटनको अल्का अस्प’तालमा दोहोरिएको छ।   जावला:खेलबाट एकान्तकुना जाँदा ओरालोमा दाहिने:तर्फ अल्का अस्प:तालको दुई नम्बर गेट छ। यहाँ पछिल्लो ६ वर्षदेखि एउटी पोथी कुकुर आफ्नो मा:लिक कुरेर बसि:रहेकी छे। जीउ:भरि फुस्रा काला रौं, घाँटी वरपर खैरो। हेर्दा फूर्ति’लो देखिने यो कुकुरको नाम ‘काली’ हो। कालो वर्ण’को भएरै उसको नाम काली राखिएको अस्प’तालका कर्म’चारी बताउँछन्।   काली अस्पताल’सम्म कसरी आइपुगी त? अल्का अस्प’तालका प्रशासन प्रमुख भगवान केसीका अनुसार छ वर्ष’अघि एक युवक बिरामी भएर आएका थिए। उनलाई पहिले क्याबिन’मा राखिएको थियो, पछि आइसियुमा सार...
नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको “दोस्रो नियमित प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न

नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको “दोस्रो नियमित प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न

Breaking news 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट
  विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेकपा माओवादी केन्द्रको प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको सङ्गठन तथा स्कुलिङ विभागको आयोजनामा ५ नोभेम्बर २०२२ का दिन आसन्न सङ्घीय तथा प्रादेशिक निर्वाचन केन्द्रित "दोस्रो नियमित प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम" जुम भर्चुअल माध्यमद्वारा सम्पन्न भएको छ।            नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समिति अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) पोलिटब्युरो सदस्य कमरेड ओम शर्माको प्रमुख अतिथत्वमा सम्पन्न भएको भर्चुअल कार्यक्रम मा,  (माओवादी केन्द्र) १ नम्बर प्रदेश समिति अध्यक्ष कमरेड हर्क बहादुर नेम्वाङ मिक्सो, प्रवास समन्वय समिति पूर्वी एसिया क्षेत्रीय अध्यक्ष कमरेड हर्क थापा, प्रवास समन्वय समिति पूर्वी एसिया क्षेत्रीय सचिव कमरेड रमेश तिवारी, गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष विनोद कुँवर, नेपाली जनप्...
प्रथम ग्रीन नेपाल कप फुटसल प्रतियोगिता 2022 ” को उपाधी आयोजक ग्रीन नेपाल फुटबल क्लबले चुम्न सफल ।

प्रथम ग्रीन नेपाल कप फुटसल प्रतियोगिता 2022 ” को उपाधी आयोजक ग्रीन नेपाल फुटबल क्लबले चुम्न सफल ।

Breaking news 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट
  बिक्रम बज्यू ,/दक्षिण कोरिया:" स्वास्थ्य अनि मनोरन्जनको लागि फुटसल " भन्ने नाराका साथ ग्रीन नेपाल फुटबल क्लब छाङ्गवान बुसानको आयोजनाम़ा सम्पन्न भएको " प्रथम ग्रीन नेपाल कप फुटसल प्रतियोगिता 2022 " को उपाधी आयोजक ग्रीन नेपाल फुटबल क्लबले चुम्न सफल भएको छ l दक्षिण कोरियाको दक्षिणी भेगको ब्यस्त गिम्हे शहरम़ा भएको उक्त फुटसल प्रतियोगिताको फाइनल भिड्न्तम़ा फारन फुटबल क्लबलाइ शुन्यका बिरुद्ध एक गोल गरि आयोजक ग्रीन नेपाल फुटबल क्लब बिजयी भएको थियो l " ए " पोलबाट सेमिफाइनलम़ा मोक्पो फुटबल क्लबलाइ पराजित गरि फारन फुटबल क्लब फाइनल प्रबेश गरेको थियो भने " बी " पोलबाट नाम्जी फुटबल क्लबलाइ पराजित गरि आयोजक ग्रीन नेपाल फुटबल क्लबले फाइनल भिड्न्त सुरक्षित गरेको थियो भने फाइनलको अत्यन्तै प्रतिस्प्रधात्मक भिड्न्तम़ा फारन फुटबल क्लबलाइ शुन्यका बिरुद्ध एक गोलम़ा पराजित गरि आयोजक ग्रीन नेप...
न्यानो वितरण सहयोगार्थका लागि दक्षिण कोरियामा ”दुई नम्बरी” प्रर्दशन गर्दै 

न्यानो वितरण सहयोगार्थका लागि दक्षिण कोरियामा ”दुई नम्बरी” प्रर्दशन गर्दै 

Breaking news 1, Breaking news 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
सउल/दक्षिण कोरिया:नेपाली चलचित्र दुई ''नम्बरी'' खाडी मुलुकका राष्ट्रहरु युएई, कतार, बहराइन र ओमानका विभिन्न हलहरुमा अक्टोबर २० तारिख सफल प्रदर्शन पछि दक्षिण कोरियामा पनि पहिलो शो सुवन सहरमा प्रदर्शन हुने भएको छ । B&S Group द्रारा उक्त चलचित्र आउँदो नोभेम्बर १३ तारिख आइतवार दिउसो १२:०० बजे 경기도인재개발원 मा प्रदर्शन हुने भएको छ ।  वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका नेपालीहरुलाई लक्षित गर्दै सुवन सहरमा नेपाली चलचित्र ‘दुई नम्बरी’ प्रदर्शन गर्ने उक्त सलफता पछि नेपालमा न्यानो वितरणमा सहयोग गर्ने आयोजकले जनाएको छ । निर्देशक दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र दुई नम्बरीमा दयाहाङ र सौगातका साथै अभिनेत्री उपासना सिंह ठकुरी, भुटानी अभिनेत्री उगेन छोदेन र अभिनेता बुद्धि तामाङ मुख्य भूमिकामा छन्। किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा सरोज नेपाली कार्य...
चाडपर्वको बहार HANPASS ले  ल्यायो हिराको औठी उपहार 

चाडपर्वको बहार HANPASS ले  ल्यायो हिराको औठी उपहार 

Breaking news 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
  मेघनाथ पौडेल सौल/ दक्षिण कोरिया:शुभ बिजय दशमी, दिपावली एंव छठ पर्बको पावन अवसरमा हानपासले चाडपर्वको बहार हिराको औठी उपहार योजना ल्याएको छ। चाडपर्बको बहार हिराको उपहार “ योजना अन्तर्गत पठाउने र पाउने दुवैको लागि यो बम्पर योजना ल्याईएको हानपास नेपालका अफिसर सुनिल कार्कीले बताएका छन्।    उनका अनुसार कोरिया बाट पैसा पठाउनेको लागी पहिलो पुरस्कार( 1st Prize): हिराको औठी( Diamond Ring ) दोस्रो पुरस्कार(2nd Prize : सामसुंगको ट्याप ( Samsung Tap ) तेस्रो पुरस्कार(third prize ): एप्पल को एयरपड ( Air pod )राखिएको छ।  त्यसैगरी , नेपालमा पैसा पाउनेको लागी :दुई जनाको लागि :दुई ल्यापटप( Two Laptop ) र एक जनाको लागि: एउटा मोबाइल फोन सेट( one mobile set ) राखिएको र यो योजना सेप्टेम्बर 26, 2022 देखि 31 अक्टोबर,2022( असोज १० देखि कार्तिक १४) सम्म रहने बताउदै यो योजनाको लक्...
एमटियु अध्यक्ष उदय राईलाई कोरियामा ‘सोसियल हिरो -२०२२ प्रदान गरिने 

एमटियु अध्यक्ष उदय राईलाई कोरियामा ‘सोसियल हिरो -२०२२ प्रदान गरिने 

Breaking news 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
सौल। एमटियुका अध्यक्ष उदय राईलाई कोरियामा 'सोसियल हिरो -२०२२' अवार्ड प्रदान गरिने भएको छ। नेपाल कोरिया फ्रेन्डशिप कम्युनिटीले यस बर्षको सोसियल हिरोको उपाधीबाट प्रवासी मजदूर युनियनका अध्यक्ष उदय राईलाई सम्मान गरिने निर्णय गरेको उपाध्यक्ष सन्दिप गिरीले बताएका छन्। उपाध्यक्ष गिरीका अनुसार राई दक्षिण कोरियमा रहेका नेपाली श्रमिकहरुको समस्या समाधानमा पहल गरेको र मजदूर अधिकारको लागी संघर्ष गरेको भन्दै उक्त अवार्ड प्रदान गर्न लागिएको हो। पत्रकार महासंघ कोरियाका पुर्व अध्यक्ष तथा नया दैनिकिका सम्पादक समेत रहेका अध्यक्ष अशोक मैनालीको संयोजनको समितिले नेपाल तथा कोरियामा विभिन्न क्षेत्रमा योगदान गरेका नेपाली तथा कोरियन नागरिकहरु मध्यबाट राईलाई छनोट गरेको थियो। नेपाल कोरिया फ्रेन्डशिप कम्युनिटीले नोभेम्बर ६ तारिखमा एक विशेष कार्यक्रमको आयोजना गरेर राईलाई उक्त अवार्ड प्रदान गरिनेछ। सोहि दिन नेपालको ...
कोरियामा “झिंगेदाउ” नोभेम्वर ६ मा

कोरियामा “झिंगेदाउ” नोभेम्वर ६ मा

Breaking news 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपाल-कोरिया फ्रेण्डशिप कम्युनिटी द्दारा कोरिया स्थित सउल सहरको 서울시 종로구 우정국로 55 조계사 내 역사문화공연장 ट्रेन लाइन नं १ जोङ्गाक स्टेसन , गेट नं २ बाट निस्केर २००मिटर सिधा अगाडि मिति NOVEMBER 6 तारिख आइतबारका दिन नेपाली कथानक चलचित्र "झिंगे दाउ"। प्रदर्शन गर्ने भएको छ। प्रसिद्ध हास्यव्यङ्ग्य लेखक भिमनिधी तिवारीद्वारा लिखित कृतिमा आधारित नेपाली मौलिक चलचित्रमा नेपाली समाजमा घटेका घटनालाई मिहिन ढंगले तपाइँ हामीले भोगेको देखेको या भनौ तपाई हाम्रो गाउ घरको आफ्नै कथा लाइ प्रस्तुत गरिएको छ। नेपालको दुर्गम क्षेत्रका बालबालिकाको शिक्षामा सहयोग गर्ने उद्देश्य र सम्पूर्ण चलचित्र प्रेमि हरु लाई कोरोना महामारिको लामो समयदेखिको नियमित काम,थकान र तनावबाट केहि समयको लागि भए पनि मुक्त हुन र एक आपसमा आपसी एकता सद्भाव र भाइचारा समृद्धिका लागि पनि यो चलचित्र प्रदर्शन कार्यक्रम बलियो ...