Get Our Android App

समाज

बन्दमा यस्तो देखियो काठमाडौँको सडक, कस्तो छ अवस्था ?

बन्दमा यस्तो देखियो काठमाडौँको सडक, कस्तो छ अवस्था ?

Breaking news 1, Nepse Update, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । काठमाडाैं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले इन्धनमा गरिएको अस्वभावित मूल्यबृद्धिको विरोधमा आज आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानी काठमाडौं उपत्यकामा सामान्य परेको छ ।   पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खा’रेज गर्न सरकारलाई जनदबाब दिने भन्दै नेकपाले कात्तिक ३० गते बन्द आह्वान गरेको थियो ।       मंगलबार बिहान सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा निर्बाध गुडिरहेका छन् । सडकमा बिस्तारै सवारीको चाप बढ्दै गइरहेको छ । चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।   काठमाडौंबाट छुट्ने लामो दूरीका सवारी साधन भने चलेका छैनन् । लामो दूरीका सवारी सन्चालकहरु बन्दको प...
भोलि नेपाल बन्दको घोषणा,सवारीसाधन चल्नै नपाउने, पसलहरु के हुन्छ ?

भोलि नेपाल बन्दको घोषणा,सवारीसाधन चल्नै नपाउने, पसलहरु के हुन्छ ?

Nepse Update, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
  काठमाडौँ : नेपाल कम्युनस्ट पार्टीले पेट्रोलियम, खाद्यान्नलगायत हरेक सामानमा सरकारले मूल्यवृद्धि गरेको विरोधमा भोलि मङ्गलबारका लागि आह्वान गरिएको नेपाल बन्दमा प्रेस, एम्बुलेन्सलगायत अस्पतालसम्बन्धी, कानुनव्यवसायी (आन्दोलन जारी रहेका कारण), कूटनीतिक नियोग र फोहोर बोक्नेबाहेक सबै गाडी बन्द हुने जनाएको छ ।   नेकपा केन्द्रीय स्रोतले दिएको जानकारीअनुसार नेपाल बन्दका क्रममा प्रेस, एम्बुलेन्सलगायत अस्पतालसम्बन्धी, आन्दोलन जारी रहेका कारण कानुनव्यवसायीले प्रयोग गरेका गाडी, कूटनीतिक नियोग र फोहोर बोक्ने गाडी मात्र चल्न दिइने र अरू सबै गाडी, संस्था, व्यवसाय, कार्यालय बन्द हुनेछन् । नेकपाले बन्दमा सहयोग गर्न महँगीको मारमा परेका र हालैको अत्यधिक मूल्यवृद्धिले थलापरेका सबै पक्षलाई आह्वान गरेको छ । नेकपाले आइतबार उद्योगी, व्यवसायी, पेसाकर्मीका साथै सोमबार सञ्चारकर्मीहरूला...
सर्वोच्च परिसर बाहिर प्रधानन्यायाधीशका समर्थकको प्रदर्शन

सर्वोच्च परिसर बाहिर प्रधानन्यायाधीशका समर्थकको प्रदर्शन

Breaking news 2, Nepse Update, राजनीति, समाचार, समाज
सर्वोच्च अदालत परिसर बाहिर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराका समर्थकहरुले प्रदर्शन गरेका छन् । उनीहरुले कानुन व्यवसायीहरुको जारी आन्दोलनका कारण न्याय निरुपणको काम अवरुद्ध भएको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सोमबार पनि कानुन व्यवसायीहरु प्रदर्शनको तयारीमा छन् ।   प्रदर्शनलाई लक्षित गरी सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।नेपाल बार एशोसिएसनतर्फको गेटबाट सर्वोच्च परिसरभित्र प्रवेश गरी कानुन व्यवसायीहरुले आइतबार पनि प्रदर्शन गरेका थिए । उनीहरुले गर्ने प्रदर्शनस्थल सोमबार भने प्रहरीको नियन्त्रणमा छ ।   नेपाल बारको अगुवाइमा आन्दोलनरत कानुन व्यवसायीहरुले भने आफूहरुको आन्दोलन बिथोल्न प्रधानन्यायाधीश जबराको निर्देशनमा ‘भिजिलान्ते’हरु प्रयोग गरिएको आरोप ल...
सर्वोच्चमा आज पनि धर्ना, प्रधानन्यायाधीशलाई गेटमै रोक्ने तयारी

सर्वोच्चमा आज पनि धर्ना, प्रधानन्यायाधीशलाई गेटमै रोक्ने तयारी

Breaking news 1, Breaking news 2, Nepse Update, ट्रेन्डिङ, समाज
दुई सातादेखि आन्दोलनरत कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित आज पनि धर्ना दिंदैछन् । गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानुन व्यवसायीहरुले प्रदर्शन गरेका थिए । तर जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए ।कानुन व्यवसायीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै धर्ना दिने बताए ।   मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।   सर्वोच्च अदालतका न्यायाधीशहरु पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने पक्षम...
माओवादी केन्द्रसँग एकता गर्ने नै हो

माओवादी केन्द्रसँग एकता गर्ने नै हो

Breaking news 2, breaking news 3, ताजा अपडेट, राजनीति, समाज
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले माओवादी केन्द्रसँग एकता गर्ने बताएका छन् । तर, त्यसका लागि माओवादीले जनाताका पक्षमा काम गर्नु पर्ने सर्त रहेको उनको भनाइ छ ।   धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौं राष्ट्रिय सम्मेलनमा विप्लवले एकता सम्भव रहेको भन्दै अघि भने, ‘माओवादी केन्द्रसँग एकता सम्भव छ, हामी गर्ने नै हो तर त्यसका लागि जनताको पक्षमा काम गर्नुपर्छ । हामी पद, पैसा र कुर्सीको प्रलोभनमा परेर एकता गर्दैनौं ।’उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएका सहमति अहिलेको सरकारले कार्यान्वयन नगरेको भन्दै ध्यानाकर्षणसमेत गराएका छन् ।   गठबन्धन सरकारसँग ती सर्तहरू पूरा गर्न आग्रह गरिररहेको उनले बताए । हालै सरकारले पेट्रोलियम पदार्थमा वृद्धि गरिको शुल्क पनि फिर्ता गर्न विप्लवको माग छ ।   शनिबार बिहान उनले कैलाली क...
एमसीसी लाई रास्टघाति भन्दै आएका युवाहरुको समुहले गर्यो mcc बिरुद्ध शातिपूर्ण पर्दशन

एमसीसी लाई रास्टघाति भन्दै आएका युवाहरुको समुहले गर्यो mcc बिरुद्ध शातिपूर्ण पर्दशन

Breaking news 2, Nepse Update, समाज
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन –एमसीसी) सम्झौताको विरोधमा युवाहरुको समूहले काठमाडौंको माईत घरमा बिरोध प्रदर्शन गरेको छ।  सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलियन डलर अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो ।   ‘हिडेर अमेरिका पुगिन्न, देश बेचेर समृद्धि भेटिन्न ’,‘राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौँ’, ‘राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौँ’लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएको जुलुस माईतीघर बाट सुरु गरेर बिजुली बजार सम्म पुगेको थियो।        उक्त सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् । उक्त कार्यक्रम लिइएको  तस्बिरहरु: ...
पेट्रोल ८३.४९ रुपैयाँमा खरिद गरि १ सय ३६ रुपैयाँमा बिक्री

पेट्रोल ८३.४९ रुपैयाँमा खरिद गरि १ सय ३६ रुपैयाँमा बिक्री

Breaking news 1, breaking news 3, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, समाज
नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ८३.४९ रुपैयाँमा खरिद गरेर उपभोक्ताबाट अचाक्ली कर असुल्दै १ सय ३६ रुपैयाँमा बिक्री गर्ने गरेको छ ।   निगमले इन्डियन आयल कर्पोरेसन (आईसोसी) बाट नोभेम्बर १ मा ८२.२१ रुपैयाँमा खरिद गरेको डिजेललाई सर्वसाधरणले १ सय १९ रुपैयाँमा खरिद गर्नुपर्छ ।   आयल निगमले भने पेट्रोलमै प्रतिलिटर साढे १७ रुपैयाँ घाटा भइरहेको बताउने गरेको छ । ‘कच्चा तेलको मूल्य र डलरका कारण निगम थेग्नै नसक्ने अवस्थामा पुगिसकेको छ, मूल्य समायोजन नहुँदा निगमसँगै समग्र अर्थतन्त्र नै धराशायी हुने देखियो,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले भने, ‘विकल्प भनेको मूल्य समायोजन नै थियो । त्यही भएर समायोजन गरियो ।’   पछिल्लो समय डलर र कच्चा तेलको मूल्य बढिरहेकाले आईओसीबाटै महँगोमा इन्धन आउने हुनाले त्यसअनुसार मूल्य बढाउनु बाध्यता रहेको निगमको भनाइ छ । &...
पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध ३० गते नेपाल बन्द घोषणा

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध ३० गते नेपाल बन्द घोषणा

Breaking news 1, breaking news 3, Nepse Update, ताजा अपडेट, समाज
काठमाडौं । नेपाल आयल निगमले बुधबार गरेको पेट्रोलियम पदार्थको मूल्यवृछि विरु,द्ध नेपाल ब,न्दको आ,ह्वान गरिएको छ ।   ओली सरकारको पालामा हिं सात्मक गतिविधि त्याग्दै शान्तिपूर्ण राजनितिमा फर्किएको नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द सहितको विरो,धको कार्यक्रम सार्वजनिक गरेको हो ।   विप्लव नेतृत्वको पार्टीले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावशयक वस्तुमा मूल्यवृद्धि गरेको भन्दै बन्द आव्हान गरेको छ । आज बिहिबार जारी गरिएको प्रेस वक्तव्य अनुसार २५ कात्तिकमा दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, २६ कात्तिकमा प्रचार प्रसार र साँझ मसाल जुलुस, २७ कात्तिकमा देशव्यापी प्रदर्शन, र २८ कात्तिकमा विहान १० देखि ११ बजेसम्म चक्काजामको घोषणा गरेको छ । त्यस्तै, २९ कात्तिकमा सिठ्ठी जु,लुस, साँझ मसाल जु,लुस र ३० कात्तिकमा नेपाल ब,न्दको घोषणा...
आजबाट जनगणना सुरु हुदै

आजबाट जनगणना सुरु हुदै

Breaking news 1, breaking news 3, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
२५ कात्तिक, काठमाडौं । आजबाट जनगणना सुरु हुँदै छ । हरेक १०-१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ ।   राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।यसका लागि गणकहरु आज बिहान ९ : ३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा पुग्ने छन् ।   त्यसपछि बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन कहाँ गणक पुग्ने समय तालिका बनाइएको छ ।जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवारको सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणबस छुटेका समेत सबै परिवारमा गणकहरु पुगेर आजबाट व्यक्तिहरुको विस्तृत विवरण संकलन गर्ने छन् । विवरण संकलन गर्न देशभर करिब ४० हजार गणक र साढे आठ हजार सुपरीवेक्षक परिचालित भएका छन् ।   काठम...
इन्धनको मूल्य बढ्यो, अब पेट्रोल लिटरको१३६ रुपैयाँ

इन्धनको मूल्य बढ्यो, अब पेट्रोल लिटरको१३६ रुपैयाँ

Breaking news 2, breaking news 3, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । खाना पकाउने ग्यासको पनि मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ ।   अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ । आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्‍याइएको निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।   त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । निगमले गत कात्तिक १२ गते पनि तेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो ।   मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू...