Get Our Android App

समाचार

बन्दमा यस्तो देखियो काठमाडौँको सडक, कस्तो छ अवस्था ?

बन्दमा यस्तो देखियो काठमाडौँको सडक, कस्तो छ अवस्था ?

Breaking news 1, Nepse Update, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । काठमाडाैं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले इन्धनमा गरिएको अस्वभावित मूल्यबृद्धिको विरोधमा आज आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानी काठमाडौं उपत्यकामा सामान्य परेको छ ।   पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खा’रेज गर्न सरकारलाई जनदबाब दिने भन्दै नेकपाले कात्तिक ३० गते बन्द आह्वान गरेको थियो ।       मंगलबार बिहान सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा निर्बाध गुडिरहेका छन् । सडकमा बिस्तारै सवारीको चाप बढ्दै गइरहेको छ । चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।   काठमाडौंबाट छुट्ने लामो दूरीका सवारी साधन भने चलेका छैनन् । लामो दूरीका सवारी सन्चालकहरु बन्दको प...
भोलि नेपाल बन्दको घोषणा,सवारीसाधन चल्नै नपाउने, पसलहरु के हुन्छ ?

भोलि नेपाल बन्दको घोषणा,सवारीसाधन चल्नै नपाउने, पसलहरु के हुन्छ ?

Nepse Update, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
  काठमाडौँ : नेपाल कम्युनस्ट पार्टीले पेट्रोलियम, खाद्यान्नलगायत हरेक सामानमा सरकारले मूल्यवृद्धि गरेको विरोधमा भोलि मङ्गलबारका लागि आह्वान गरिएको नेपाल बन्दमा प्रेस, एम्बुलेन्सलगायत अस्पतालसम्बन्धी, कानुनव्यवसायी (आन्दोलन जारी रहेका कारण), कूटनीतिक नियोग र फोहोर बोक्नेबाहेक सबै गाडी बन्द हुने जनाएको छ ।   नेकपा केन्द्रीय स्रोतले दिएको जानकारीअनुसार नेपाल बन्दका क्रममा प्रेस, एम्बुलेन्सलगायत अस्पतालसम्बन्धी, आन्दोलन जारी रहेका कारण कानुनव्यवसायीले प्रयोग गरेका गाडी, कूटनीतिक नियोग र फोहोर बोक्ने गाडी मात्र चल्न दिइने र अरू सबै गाडी, संस्था, व्यवसाय, कार्यालय बन्द हुनेछन् । नेकपाले बन्दमा सहयोग गर्न महँगीको मारमा परेका र हालैको अत्यधिक मूल्यवृद्धिले थलापरेका सबै पक्षलाई आह्वान गरेको छ । नेकपाले आइतबार उद्योगी, व्यवसायी, पेसाकर्मीका साथै सोमबार सञ्चारकर्मीहरूला...
सर्वोच्च परिसर बाहिर प्रधानन्यायाधीशका समर्थकको प्रदर्शन

सर्वोच्च परिसर बाहिर प्रधानन्यायाधीशका समर्थकको प्रदर्शन

Breaking news 2, Nepse Update, राजनीति, समाचार, समाज
सर्वोच्च अदालत परिसर बाहिर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराका समर्थकहरुले प्रदर्शन गरेका छन् । उनीहरुले कानुन व्यवसायीहरुको जारी आन्दोलनका कारण न्याय निरुपणको काम अवरुद्ध भएको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सोमबार पनि कानुन व्यवसायीहरु प्रदर्शनको तयारीमा छन् ।   प्रदर्शनलाई लक्षित गरी सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।नेपाल बार एशोसिएसनतर्फको गेटबाट सर्वोच्च परिसरभित्र प्रवेश गरी कानुन व्यवसायीहरुले आइतबार पनि प्रदर्शन गरेका थिए । उनीहरुले गर्ने प्रदर्शनस्थल सोमबार भने प्रहरीको नियन्त्रणमा छ ।   नेपाल बारको अगुवाइमा आन्दोलनरत कानुन व्यवसायीहरुले भने आफूहरुको आन्दोलन बिथोल्न प्रधानन्यायाधीश जबराको निर्देशनमा ‘भिजिलान्ते’हरु प्रयोग गरिएको आरोप ल...
आजबाट जनगणना सुरु हुदै

आजबाट जनगणना सुरु हुदै

Breaking news 1, breaking news 3, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
२५ कात्तिक, काठमाडौं । आजबाट जनगणना सुरु हुँदै छ । हरेक १०-१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ ।   राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।यसका लागि गणकहरु आज बिहान ९ : ३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा पुग्ने छन् ।   त्यसपछि बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवाकोमा र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुन कहाँ गणक पुग्ने समय तालिका बनाइएको छ ।जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवारको सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणबस छुटेका समेत सबै परिवारमा गणकहरु पुगेर आजबाट व्यक्तिहरुको विस्तृत विवरण संकलन गर्ने छन् । विवरण संकलन गर्न देशभर करिब ४० हजार गणक र साढे आठ हजार सुपरीवेक्षक परिचालित भएका छन् ।   काठम...
इन्धनको मूल्य बढ्यो, अब पेट्रोल लिटरको१३६ रुपैयाँ

इन्धनको मूल्य बढ्यो, अब पेट्रोल लिटरको१३६ रुपैयाँ

Breaking news 2, breaking news 3, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । खाना पकाउने ग्यासको पनि मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ ।   अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ । आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्‍याइएको निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।   त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । निगमले गत कात्तिक १२ गते पनि तेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो ।   मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू...
नेपालमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउने धेरै

नेपालमा नागरिकता बनाउनेभन्दा राहदानी बनाउने धेरै

breaking news 3, Nepse Update, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार, समाज
जिल्लामा नागरिकता बनाउने भन्दा राहदानी बनाउनेको सङ्ख्या धेरै देखिएको छ । (more…)
तिहारमा देउसी-भैलो खेल्न पाइने तर तोकियो समय(जानी राख्नुहोस्)

तिहारमा देउसी-भैलो खेल्न पाइने तर तोकियो समय(जानी राख्नुहोस्)

Breaking news 2, breaking news 3, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तिहारमा राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने समयसीमा तोकेको छ। प्रशासनले मंगलबार सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमणलाई मध्यनजर गर्दै राति ९ बजेपछि देउसी –भैलो खेल्न नपाइने जनाएको हो । जारी सूचनामा भनिएको छ, ‘को’भिड–१९ को संक्र’मणलाई मध्यनजर गर्दै नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गरी देउसी–भैलो, नाचगान लगायत कार्यहरु राति ९ बजेसम्म मात्र सभ्य एवं शान्ति पूर्वक गर्ने र यस्ता कार्यक्रम गर्दा सार्व जनिक यातायत र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधिहरु नगर्ने/नगराउने ।’   त्यस्तै मादक पदार्थलगायत न’शालु पदार्थ से’वन गरी पर्वको समयमा सार्वजनिक स्थलमा हो–हल्ला, झै–झ’गडा जस्ता कार्य गरी शान्ति सुरक्षालाई असर पर्ने कुनै पनि कार्य नगर्न र नगराउन आग्रह गरिएको छ।   यसका साथै प्रशासनले पटका, आति...
तिहारमा घर जानेलाई खुसीको खवर ! नयाँ बसपार्क र सामाखुसीमा मिल्नेछ यस्तो अवसर मिल्ने छ

तिहारमा घर जानेलाई खुसीको खवर ! नयाँ बसपार्क र सामाखुसीमा मिल्नेछ यस्तो अवसर मिल्ने छ

Breaking news 2, breaking news 3, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
काठमाडौं : सरकारले तिहारका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूलाई कोभिड-१९ विरुद्धको खोप लगाएर गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरेको छ। उपत्यकाका नयाँ बसपार्क र सामाखुसी तथा कलङ्की र कोटेश्वरमा मंगलवारदेखि खोप लगाउने व्यवस्था मिलाइएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो परिचयपत्रका साथ खोप केन्द्रमा गई खोप लगाउन सबैमा अनुरोध गरेको हो।   पछिल्लो २४ घण्टामा ११ हजार ६६४ जनाको कोभिड-१९ परीक्षण गर्दा ५३३ जनामा संक्रमण देखिएको छ। यस्तै, ४९० जना संक्रमण मुक्त हुँदा देशभर कूल सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ पुगेको छ।   संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ। हालसम्म ११ हजार ४१६ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।   पछिल्लो २४ घण्टामा ६५ हजार २८ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्। सरकारले चैत महिनाभित्र लक्षित समूह...
पासपोर्ट बनाउनेको भिड, पिसाब फेर्न जाँदा पालो मिचिने डर !

पासपोर्ट बनाउनेको भिड, पिसाब फेर्न जाँदा पालो मिचिने डर !

Breaking news 2, breaking news 3, Nepse Update, समाचार, समाज
पासपोर्ट बनाउनेको भिड, पिसाब फेर्न जाँदा पालो मिचिने डर ! १४ कात्तिक, काठमाडौं । काठमाडौंमा राहदानी (पासपोर्ट) बनाउनेहरुको लामो लाइन लागेको छ । राहदानी विभाग अगाडिको लाइन उत्तर ढोकासम्म पुगेर घुमेको छ । विदेश जाने प्रयोजनका लागि पासपोर्ट बनाउने गरिन्छ । पासपोर्ट बनाउने लाइनमा युवा–युवतीहरु बढी देखिन्छन् ।   छिटो पालो पाइने आशाले चार बजे बिहानैदेखि लाइनमा बसेको एकजना सेवाग्राहीले बताए । ‘बिहान चार बजे लाइन बसेको बल्ल पालो आयो,’ उनले भने ।     उनले भने, एकछिन लाइन छोड्दा पालो मिचिन्छ भन्ने डरले पिसाब फेर्न जानसमेत पाइएन ।’ धेरैजसोले लाइनमा बसुन्जेल शौच गर्न साह्रै समस्या भएको गुनासो गरेका थिए । अमेरिकी डिभी चिट्ठा खुलेदेखि पासपोर्ट बनाउन आवेदन दिनेहरुको संख्या बढेको राहदानी विभागका कर्मचारीहरु बताउँछन् ।...
१८ रुपैयाँको रुटमा २० रुपैयाँ भाडा, खुद्रा फिर्ता माग्नेलाई चकलेट !

१८ रुपैयाँको रुटमा २० रुपैयाँ भाडा, खुद्रा फिर्ता माग्नेलाई चकलेट !

Breaking news 2, breaking news 3, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
बानेश्वरबाट शंखमूलको टेम्पो चढेका रामकृष्ण श्रेष्ठले चालकलाई भाडाबपात २० रुपैयाँको नोट दिए । तर, उनले फिर्ता पाउनुपर्ने २ रुपैयाँ ओर्लिने बेलासम्म पनि पाएनन् । जब श्रेष्ठले खुद्रा पैसा फिर्ता मागे, उनका हातमा चालकले २ वटा चकलेट थमाइदिए ।   ‘म मधुमेह भएको मान्छेलाई चकलेट के काम ? पैसा नै दिनुस्’ भनेर उनले चालकसँग अनुरोध गरे । तर, उल्टै श्रेष्ठले जवाफ पाए, ‘फिर्ता दिने पैसा छैन, २ रुपैयाँ पनि फिर्ता चाहिने भए आफैं खुद्रा जम्मा गरेर मात्रै टेम्पो चढ्ने गर्नुस् ।’ समान्य विवाद भएपछि श्रेष्ठ थप झमेलामा पर्न चाहेनन् र आफ्नो बाटो लागे ।बानेश्वरबाट रत्नपार्क पुगेर फर्किएकी शर्मिला लामिछानेले जाँदा-आउँदा नै २० -२० रुपैयाँ तिरिन्, तर, खुद्रा फिर्ता दिनेबारे सहचालकले केही बोलेनन्, उनले पनि दुबैपटक २ रुपैयाँमा के किचकिच गर्नु भनेर त्यसै ओलिएएर हिँड्न् ।   कात्तिक १ देखि लागू भए...