Get Our Android App

शिक्षा

अनलाइन कक्षा पढ्दापढ्दै मोबाइल पड्किएर ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु

अनलाइन कक्षा पढ्दापढ्दै मोबाइल पड्किएर ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु

Breaking news 1, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, रोचक खबर, शिक्षा
एजेन्सी | अनलाइन कक्षा लिने क्रममा भियतनामा एक बालकको मोबाइल फोन बिस्फोट हुँदा मृत्यु भएको छ । नेग्ही प्रान्तमा घरबाट अनलाइन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालकको मृत्यु भएको हो ।    उनले मोबाइल चार्ज गर्दै कक्षा लिएका थिए । बिस्फोटलगत्तै बालकको शरीररमा आगो सल्केको थियो । जलेर गम्भीर घाईते उनको उपचारका क्रममा मृत्यु भएको हो ।    उनको मृत्यु बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले पड्किएको मोबाइल र चार्जर जाँच गर्ने भएको छ । मृत्युपछि स्थानीय शिक्षा अधिकारी ती बालकको घरमै पुगेका थिए ।    कोभिड संक्रमण बढेपछि भियतनाममा विद्यालयको पठनपाठन पुनः अनलाइनबाट हुन थालेको छ ।    यस बिषयमा तपाइको प्रतिक्रिया...!...
विद्यार्थीको आत्महत्या दुरुत्साहन आरोपमा प्रिन्सिपल पक्राउ, मोबाइलमा भेटियो अश्लील म्यासेज र तस्बिरहरु

विद्यार्थीको आत्महत्या दुरुत्साहन आरोपमा प्रिन्सिपल पक्राउ, मोबाइलमा भेटियो अश्लील म्यासेज र तस्बिरहरु

Breaking news 1, Breaking news 2, अपराध, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा
बाँके । आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले एक विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा कोहलपुरस्थित दीपज्योति सेकेन्डरी स्कुलका प्रधानाध्यापक दमन पाण्डे रहेका छन् । उनलाई आफ्नै छात्राको आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।   मृतकको मोबाइलमा प्रिन्सिपल पाण्डेले पठाएका अश्लील म्यासेज र तस्बिर देखिएपछि मृतकका परिवार र आफन्तले आत्महत्या गराउनुमा प्रिन्सिपलको भूमिका देखिएको भन्दै स्कुलमा ढुंगामुडासमेत गरेका थिए ।   पक्राउ परेका प्रिन्सिपल पाण्डेले छात्रा शाहलाई वर्षौँदेखि दुर्व्यवहार गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको बताइएको छ। प्रहरीका अनुसार प्रिन्सिपल पाण्डेले बाल्यकालदेखि उक्त स्कुलको होस्टेलमा बसेर पढेकी शाहलाई त्यसबेलादेखि नै उनले अश्लील म्यासेज र तस्बिर पठाएको प्रहरीको अनुसन्धानमा खुलेको छ। ...
शिक्षक कर्मचारीलाई खुसीको खवर ! संशोधित बजेटमाफत सरकारले गर्‍यो महत्वपुर्ण ब्यबस्था

शिक्षक कर्मचारीलाई खुसीको खवर ! संशोधित बजेटमाफत सरकारले गर्‍यो महत्वपुर्ण ब्यबस्था

Breaking news 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा
‘पढ्दै कमाउँदै’ कार्यक्रम घोषणा, शैक्षिक उत्कृष्टता केन्द्र स्थापना गरिने – प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गर्दै सरकारले पढ्दै कमाउँदै कार्यक्रम घोषणा गरेको छ । यसका लागि चालु आर्थिक बर्षमा सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा कार्यक्रम सुरुवात गर्ने सरकारको घोषणा छ । संविधान विपरित पटक पटक संसद विघटन गरेका कारण सत्ताच्युत हुन पुगेको तत्कालिन सरकारले अध्यादेश मार्फत् ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयकमा उक्त कार्यक्रम उल्लेख गरिएको हो ।   प्रतिस्थापन बजेटमा सक्षम जनशक्ति उत्पादन गर्न प्रविधिमा पहुँच अभिवृद्धि गर्दै शिक्षाको गुणस्तर सुधार गर्न प्रत्येक प्रदेशमा कम्तिमा एउटा शैक्षिक उत्कृष्टता केन्द्र स्थापना गर्ने पनि उल्लेख छ । केन्द्रले गुणस्तरीय शैक्षिक सामग्री र पाठ्यक्रम समेत उत्पाद...
६९ वर्षमा नयाँ पार्टी खोल्दै माधव नेपाल

६९ वर्षमा नयाँ पार्टी खोल्दै माधव नेपाल

अन्तर्राष्ट्रिय, आर्थिक, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, लेख /रचना, शिक्षा, समाचार, सेयर बजार, स्वस्थ्य
काठमाडौं, ९ भदौ । एमालेको १५ वर्ष नेतृत्व गरेका माधवकुमार नेपाल आज नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् । झन्डै पाँच दशक माले हुँदै एमालेमा जीवन बिताएका नेता नेपाल अहिले ६९ वर्षका भए । यो उमेरमा आएर उनले फेरि शून्यबाट नयाँ पार्टी गठन गरेका हुन् । एकपटक मुलुकको नेतृत्व र १५ वर्ष महासचिवको हैसियतमा एमालेको नेतृत्व सम्हालेका माधव नेपाल आजदेखि औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष बन्ने भएका छन् । एमाले बनाउन हिजो उनलाई साथ दिने झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल अहिले पनि उनकै साथमा छन् ।  एकीकृत समाजवादी पार्टी चलाउन नेपाललाई तेस्रो पुस्ताका रामकुमारी झाँक्री, विजय पौडेल, राजेन्द्र राईलगायतको दह्रो साथ र सहयोग रहँदै आएको छ । यिनै नेताहरूको बलमा नेपालले अब एकीकृत समाजवादी पार्टीको रथ हाँक्ने छन् । हिजोसम्म उनलाई साथ र सहयोग गर्ने अमृतकुमार बोहर...
माधव नेपालले धोका दिनुभयोः विष्ट

माधव नेपालले धोका दिनुभयोः विष्ट

अन्तर्राष्ट्रिय, आर्थिक, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, लेख /रचना, शिक्षा, समाचार, सेयर बजार, स्वस्थ्य
नेकपा एमालेका सचिव गोकर्ण विष्टले माधव नेपालले पार्टी विभाजन गर्नु धोका भएको बताएका छन् । राजनीतिक, सांगठानिक र नैतिक कुनै पनि हिसाबले पार्टी विभाजन सही नहुने विष्टको भनाइ छ । एउटा रेडियो कार्यक्रममा कुरा गर्दै नेता विष्टले भने, “हामीले जेमा अडान राखेका थियौं, त्यसमा कमरेड माधव नेपालसँगै लामो समयसम्म लडेका हौं । उहाँले एक शब्द नसोधी अनायासै पार्टी विभाजन गर्नुभयो । सिंगो पार्टी पंक्तिका लागि विभाजन नै धोका हो । दल विभाजनसम्बन्धी अध्यादेश आउँदै छ भन्ने हामी माधव पक्षकै १४ जना स्थायी कमिटी सदस्यलाई थाहा दिनुभएन । यस हिसाबले माधव नेपालले हामीलाई छाड्नुभएको छ, हामीले उहाँलाई छाडेको होइन । तपाईंले एउटै रेडियो या टेलिभिजनमा संवादमा राख्नुभयो भने स्पष्ट हुन्छ, उहाँले हामीसँग कुनै सल्लाह किन गर्नुभएन ?” उनले आफूहरुले पार्टी एकतालाई जोड दिएको बताउँदै भने,“हामीले पहिलेदेखि नै लगातार पा...
एमाले विभाजन गर्न मध्यराति संसद् अधिवेशन अन्त्य गरियो : केपी ओली

एमाले विभाजन गर्न मध्यराति संसद् अधिवेशन अन्त्य गरियो : केपी ओली

Breaking news 2, अन्तर्राष्ट्रिय, आर्थिक, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, लेख /रचना, शिक्षा, समाचार, सेयर बजार, स्वस्थ्य
काठमाडौं, ९ भदौ  । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी विभाजन गर्न मध्यराति संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेश जारी गरिएको आरोप लगाएका छन् ।  पार्टी विभाजनपछि पहिलोपटक पत्रकार सम्मेलन गरेर ओलीले आफ्नो पार्टी एमाले विभाजन गर्ने गरी अचानक मध्यरातिबाट संसद्को अधिवेशन अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको आरोप लगाए ।  तर, उक्त अध्यादेशले आफ्नै पार्टीमा पहिरो जाने त्रासमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु रहेका र फेरि उनीहरुले सो अध्यादेशलाई सच्याउने ओलीको भनाइ छ । अनुचित ढंग र कार्यबाट प्रतिपक्षी दल एमाले फुटाउने कार्यमा सरकार लागेको उनको आरोप  छ ।  अध्यादेश जारी भएपछि एमालेबाट अलग्गिएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । साथै, महन्थ ठाकुरले पनि लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि...
कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्न निर्देशन

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्न निर्देशन

breaking news 3, अन्तर्राष्ट्रिय, आर्थिक, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, लेख /रचना, शिक्षा, समाचार, सेयर बजार, स्वस्थ्य
कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिन संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ । मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिले बैठकले कोरोनाविरुद्धको खोप लगाएर भौतिक उपस्थितिमै परीक्षा गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । कोरोना संक्रमणका कारण स्थगित कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिने तयारी शिक्षा मन्त्रालयले गरिरहेको छ । ...
काबुलमा महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध

काबुलमा महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध

Breaking news 1, अन्तर्राष्ट्रिय, आर्थिक, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, लेख /रचना, शिक्षा, समाचार, सेयर बजार, स्वस्थ्य
काबुल, भदौ । अफगानिस्तानमा तालिवानले सम्पूर्ण नागरिकलाई काबुल विमानस्थल जान र महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । पश्चिमा फौजसँगै देश छोड्न चाहने अफगानीको संख्या बढेसँगै तालिवानले बुधबार आफ्ना नागरिकलाई यस्ता प्रतिबन्ध लगाएको हो ।   तालिवान प्रवत्ता जाबिहुल्लाह मुजाहिदले राजधानी काबुलमा आयोजित एक पत्रकार सम्मेलनमा आफ्ना नागरिकमाथि विभिन्न प्रतिबन्धको घोषणा गर्दै ती प्रतिबन्ध उल्लंङघन गरे कारबाही गरिने समेत धम्की दिएका छन् । ‘सम्पूर्ण नागरिकलाई काबुल विमानस्थल जाने बाटो बन्द छ । आदेश उल्लंङघन गर्नेमाथि कडा कारबाही हुन्छ ,’ प्रवत्ता मुजाहिदले भने ।  महिलामाथि हुन सक्ने दुव्र्यबहारका कारण घर भित्र बस्न बाध्य पारिएको  तालिवान प्रवत्ताको दाबी विमानस्थलमा पुगेका अफगानीलाई पनि तत्काल फर्कन उनले आग्रह गरे । ‘विदेशी फौजसँगै विमानस्थलमा पुगेका अफगानीलाई तुरुन्त...
नेकपा एमाले समाजवादी दर्ता गर्दै माधब नेपाल !

नेकपा एमाले समाजवादी दर्ता गर्दै माधब नेपाल !

अन्तर्राष्ट्रिय, आर्थिक, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, लेख /रचना, शिक्षा, समाचार, सेयर बजार, स्वस्थ्य
काठमाडौं, भदौ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश मंगलबार नै राष्ट्रपति समक्ष सिफारिश गरेको छ । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेकी छन । राष्ट्रपतिले अध्यादेश जारी गरे लगतै नयाँ दल दर्ता गर्ने तयारी भइरहेको नेपाल समूहका एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको छ । आज थप केही साथीहरु पनि आउनुहुन्छ,’ उनले भने, ‘अध्यादेश आएपछि दल दर्ता गर्छौं ।’ नेताहरुका अनुसार नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी छ । अरु केही नाम पनि विकल्पमा छलफल भइरहेको भन्दै ती केन्द्रीय सदस्य भन्छन्, नेकपा एमाले समाजवादी नै फाइनल होला ।’ नयाँ दलको अध्यक्षमा माधवकुमार नेपाल रह...
चट्याङ लागेर बारामा एकको मृत्यु, दुई जना घाइते

चट्याङ लागेर बारामा एकको मृत्यु, दुई जना घाइते

अन्तर्राष्ट्रिय, आर्थिक, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, लेख /रचना, शिक्षा, समाचार, सेयर बजार, स्वस्थ्य
बारामा आज बुधबार साँझ चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर जितपुर सिमरा उपमहानगरपालिका–२० बसडिलवाका २८ वर्षीय विजय यादवको ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले जानकारी दिए । त्यस्तै चट्याङ लागेर सिमराका सहमुदिन अन्सारी र शान्ति देवी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको वीरगञ्जमा उपचार भइरहेको छ ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? ...