
विक्की महर्जनको चलचित्र ‘द आउट लेयर’मार्फत ठुलो पर्दामा डेब्यु गर्दै अनिता
एक दर्जन जति म्युजिक भिडियोमा अभिनयको गरि सकेकी अनिता गिरी अब ठूलो पर्दामा आफ्नो अभिनयको जादु झर्ने तयारीमा रहेकी छन् । खोटाङ् सिम्पानी स्थायी घरभई काठमाडौंलाई कर्मथलो बनाएर यो क्षेत्रमा लागि रहेकी उनि विगत ६ वर्षदेखि निरन्तर कला क्षेत्रमा काम गरि रहेकी छन् ।
सानैदेखि अभिनय र नृत्य भनेपछि हुरुक्क हुने उनको पहिलो गीतको भिडियो ‘वैगुनीले गएको थियो छोडेर’ रहेको थियो । त्यसयता ‘सजाए तिम्रो माया’, ‘लगन जुर्यो घरबार हुनलाई’, ‘तिम्रो साथ’, ‘केयर गर्दैनौ’, ‘तिमीलाई भुल्न’ जस्ता एक दर्जन भन्दा बढी गीतका भिडियोमा आफ्नो कुशल अभिनय पस्कि सकेकी छन् उनले ।म्युजिक भिडियोमा अभिनयको तारिफ सँगसँगै थुप्रै अवार्ड पनि हात पारी सकेकी छन् ।अब ठूलो पर्दातर्फ जम्ने तयारीमा लागेकी उनि विक्की महर्जनको चलचित्र ‘द आउट लेयर’मार्फत डेब्यु गर्दैछिन् ।
ओडिनल, डेरिमिल्क, नेपाल आइस लगायतका थुप्रै विज्ञ...