Get Our Android App

राजनीति

भीम रावललाई सम्झाउन सकिएन

भीम रावललाई सम्झाउन सकिएन

Breaking news 1, breaking news 3, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति
चितवन । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले भीम रावललाई सम्झाउन नसकेको बताएका छन् । सोमबार बिहान अध्यक्ष ओलीले आफूले रावललाई उपाध्यक्षमा बस्न आग्रह गरेको तर उनले नमानेको बताए ।   "उपाध्यक्ष बस्नु भनेँ, अध्यक्षमा लड्ने भन्नु'भाे । सम्झाउन सकिएन । उपाध्यक्ष भएर काम गर्न आदेश दिएँ । मानिरहनु भएकाे छैन । उम्मेदवारी नदिन आग्रह गर्छाैं," ओलीले भने ।...
हिसाब खोज्दा पालिकाको बैठक कक्षबाट निकालिए वडाध्यक्ष

हिसाब खोज्दा पालिकाको बैठक कक्षबाट निकालिए वडाध्यक्ष

Breaking news 2, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति
मोरङको पथरी शनिश्चरे नगरपालिकाका मेयरले वडा अध्यक्षलाई बैठक कक्षबाट निकालेका छन् । सोमबार वार्षिक समीक्षा गोष्ठीमा मेयर दिलिपकुमार राईले पथरीशनिश्चरे-४ का वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीलाई नगरप्रहरी लगाएर निकालेका हुन् । समीक्षा गोष्ठीमा वडा अध्यक्ष भण्डारीले पालिकामा ब्यापक आर्थिक अनियमितता भएको जवाफ मागेका थिए । उनले इन्धनका लागि छुट्याएको ४२ लाख, सवारी मर्मतका लागि छुट्याएको ३० लाख र फर्निचरका लागि छुट्याएको ५० लाखको हिसाब देखाएर मात्रै बैठक अघि बढाउन माग गरे ।बैठकअघि बढ्न नदिएपछि मेयर राईले नगरप्रहरीलाई बाहिर निकाल्न निर्देशन दिए । निर्देशनपछि दुईजना नगरप्रहरीले उनलाई निकालेपछि मात्रै छलफल सुरु भएको थियो ।   ‘पालिका भित्र अनियमितता भयो, हिसाब देखाउल भन्दा नगरप्रहरी लगाएर मलाई निकाले,’ भण्डारीले भने, ‘नगरप्रहरीले हातपात पनि गरे ।’ मेयर र नगरप्रहरीले आफूमाथि अभद्र व्...
प्रचण्डलाई स्वागत गर्न नगरपालिकाले दियो सार्वजनिक बिदा

प्रचण्डलाई स्वागत गर्न नगरपालिकाले दियो सार्वजनिक बिदा

Breaking news 1, Nepse Update, ताजा अपडेट, राजनीति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई स्वागत गर्न रामगोपालपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। नगरपालिकाभित्रमा नवनिर्मित स्वास्थ्य संस्था उद्घाटनको लागि प्रचण्ड आउने भएपछि स्वागतको लागि बुधबार एक दिनको बिदा दिइएको हो। मेयर अशोककुमार मण्डलले जारी गरिएको प्रेस विज्ञप्तिमा अध्यक्ष प्रचण्डको स्वागतका लागि मंसिर १ गते बुधबार सार्वजनिक बिदाको घोषणा गरेका हुन्। नगरपालिकाले सार्वजनिक बिदा दिएपछि सामाजिक सञ्चालनमा आलोचना भएको छ।   नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नम्बर २,३,४,६,७, ८ र ९ को उद्घाटनका लागि प्रचण्ड महोत्तरी आउने कार्यक्रम रहेको नगरपालिकाको सो विज्ञप्तिमा उल्लेख रहेको छ। प्रचण्ड मध्यान्ह १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको खुल्ला सभालाई सम्बोधन गर्ने छन्। कार्यक्रमको तयारी पूरा भएको नगरपालिकाको कार्यालय...
प्रदेशसभा क्षेत्र नम्बर १ को सचीवमा उम्मेद्बारी दिने युवा नेता विशाल आचार्यको घोषणा 

प्रदेशसभा क्षेत्र नम्बर १ को सचीवमा उम्मेद्बारी दिने युवा नेता विशाल आचार्यको घोषणा 

Breaking news 2, breaking news 3, Nepse Update, ताजा अपडेट, राजनीति, व्यक्तित्व
  अर्घाखाँची जिल्लाका दुईवटा प्रदेशसभा( १ र २)मध्ये प्रदेश सभा क्षेत्र नम्बर १ कार्यसमितिको सचीवमा आफ्नो उम्मेद्बारी रहने युवानेता विशाल आचार्यले घोषणा गर्नु भएको छ।   बिद्यार्थीकाल देखि ने बि संघ हुँदै नेपाली काङ्ग्रेसको राजनीति सुरु गर्नु भएका आचार्य अहिले पनि ने बि संघ जिल्ला कार्यसमिति अर्घाखाँचीको सदस्य तथा ने बि संघ सि टि ई भि टी प्रदेश पाँचकै सभापति हुनुहुन्छ ।   उहाँले आफ्नो जिवनकालमा पाँच नम्बर प्रदेशमै प्राविधिक तहका सम्पुर्ण बिद्यार्थीको नेतृत्व गरीसक्नु भएको छ । युवा नेता आचार्यले आफू १२ ओटै जिल्लामा नेतृत्व गरिसकेकाले जिल्लाको क्षेत्र नम्बर १ को सचिबमा आफू अब्बल रहेको बताउदै उक्त पदको लागि आफ्नो उम्मेद्बारी रहेको बताउनु भएको छ ।     साथै आचार्यले आफू पदिय हिसाबमा सचीवमा भन्दा माथी लडन सक्ने हैसियत भएको भएपनि तत्कालिन...
काठमाडौँको थापाथलीमा हानाहान र लफडा, एयर गनसहित ७ जना पक्राउ

काठमाडौँको थापाथलीमा हानाहान र लफडा, एयर गनसहित ७ जना पक्राउ

breaking news 3, अन्तर्राष्ट्रिय, अपराध, राजनीति
नेपाल रेडक्रस सोसाईटीको विशेष महाधिवेशनमा लफडा भएको छ । लफडा भएपछि विशेष विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा असन्तुष्ट समूहले तोडफोड गरेपछि स्थगित भएको हो ।   विधान विपरीत कारबाही गरेका १६ जिल्लाबाट आएका रेडक्रस सम्बद्ध व्यक्तिहरुले तोडफोड गरेका हुन् । रेडक्रसका सभा विथोलिएपछि असन्तुष्ट समुहले ज्याकेट समेत कब्जा गरेर लगेको छ । उनीहरुले कर्सी समेत भाँचेका छन् ।   रेडक्रसले कारबाही गरेका १६ जिल्ला समितिबाट आएकाहरुले सभास्थल बिथोलेका थिए । रेडक्रसको विधि र विधान विपरीत काम गरेका,वैधानिक दायित्व पूरा नगरेका ती जिल्ला समितिहरु भंग गरेर विधान बमोजिम केन्द्रीय समितिले तदर्थ समिति गठन गरिदिएको थियो ।   सुनसरी, मोरङ,सिराहा, रौतहट, पर्सा, काठमाडौं, गोरखा, रोल्पा, जाजरकोट, रूकुम पश्चिम, हुम्ला, चितवन, बागलुङ, मकवानप...
फेरी बढ्यो हवाई भाडा, कति पुग्यो ?जानी राख्नुहोस्-

फेरी बढ्यो हवाई भाडा, कति पुग्यो ?जानी राख्नुहोस्-

Breaking news 2, breaking news 3, Nepse Update, अन्तर्राष्ट्रिय, आर्थिक, ताजा अपडेट, राजनीति
काठमाडौँ । इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् ।   वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले आज विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने इन्धनको शुल्कमा अधिकतममा रु २२० वृद्धि गरिएको जनाएको छ ।   निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर रु ५ मूल्य बढाएको थियो । सोही अनुरुप वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् ।   यसरी बृद्धि भएको भाडादरअनुरुप अब काठमाडौँबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि रु २२० बढेको छ । सङ्घका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर हवाई इन्धनको मूल्यमा हवाई भाडा वृद्धि गरिएको छ ।   आजैदेखि यो भाडादर लागू गरिएको छ । काठमाडौँबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शुल्क रु १७० बढेको छ । यो पनि, सर्वोच्च परिसर बाहिर प्रधानन्यायाधी...
सर्वोच्च परिसर बाहिर प्रधानन्यायाधीशका समर्थकको प्रदर्शन

सर्वोच्च परिसर बाहिर प्रधानन्यायाधीशका समर्थकको प्रदर्शन

Breaking news 2, Nepse Update, राजनीति, समाचार, समाज
सर्वोच्च अदालत परिसर बाहिर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराका समर्थकहरुले प्रदर्शन गरेका छन् । उनीहरुले कानुन व्यवसायीहरुको जारी आन्दोलनका कारण न्याय निरुपणको काम अवरुद्ध भएको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सोमबार पनि कानुन व्यवसायीहरु प्रदर्शनको तयारीमा छन् ।   प्रदर्शनलाई लक्षित गरी सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।नेपाल बार एशोसिएसनतर्फको गेटबाट सर्वोच्च परिसरभित्र प्रवेश गरी कानुन व्यवसायीहरुले आइतबार पनि प्रदर्शन गरेका थिए । उनीहरुले गर्ने प्रदर्शनस्थल सोमबार भने प्रहरीको नियन्त्रणमा छ ।   नेपाल बारको अगुवाइमा आन्दोलनरत कानुन व्यवसायीहरुले भने आफूहरुको आन्दोलन बिथोल्न प्रधानन्यायाधीश जबराको निर्देशनमा ‘भिजिलान्ते’हरु प्रयोग गरिएको आरोप ल...
माओवादी केन्द्रसँग एकता गर्ने नै हो

माओवादी केन्द्रसँग एकता गर्ने नै हो

Breaking news 2, breaking news 3, ताजा अपडेट, राजनीति, समाज
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले माओवादी केन्द्रसँग एकता गर्ने बताएका छन् । तर, त्यसका लागि माओवादीले जनाताका पक्षमा काम गर्नु पर्ने सर्त रहेको उनको भनाइ छ ।   धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौं राष्ट्रिय सम्मेलनमा विप्लवले एकता सम्भव रहेको भन्दै अघि भने, ‘माओवादी केन्द्रसँग एकता सम्भव छ, हामी गर्ने नै हो तर त्यसका लागि जनताको पक्षमा काम गर्नुपर्छ । हामी पद, पैसा र कुर्सीको प्रलोभनमा परेर एकता गर्दैनौं ।’उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएका सहमति अहिलेको सरकारले कार्यान्वयन नगरेको भन्दै ध्यानाकर्षणसमेत गराएका छन् ।   गठबन्धन सरकारसँग ती सर्तहरू पूरा गर्न आग्रह गरिररहेको उनले बताए । हालै सरकारले पेट्रोलियम पदार्थमा वृद्धि गरिको शुल्क पनि फिर्ता गर्न विप्लवको माग छ ।   शनिबार बिहान उनले कैलाली क...
आज भोली एमाले छोड्ने लहर चलेको छ

आज भोली एमाले छोड्ने लहर चलेको छ

Breaking news 2, breaking news 3, Nepse Update, ताजा अपडेट, राजनीति
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आकर्षण बढेको बताएका छन् ।   स्थायी कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले नेकपा एमाले छोड्ने लहर नै चलेको बताए ।   ‘साना पार्टीहरुबाट पार्टी प्रवेश गर्ने क्रम जारी नै छ, मूख्यगरी एमाले छोड्नेको लहर चलेको छ’, अध्यक्ष नेपालको भनाइ थियो । डडेलधुराबाट एमाले अध्यक्ष सहित ठूलो पंक्ति पार्टी प्रवेश गरेको बताउँदै अध्यक्ष नेपालले अन्यत्र पनि उस्तै लहर आएको बताए ।   नेकपा माले छोडेर चार नेता पार्टीमा प्रवेश गरेको र अन्य नेताहरुसँग पनि कुरा चलिरहेको जानकारी दिए । शनिबार शुरु हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न बानेश्वरस्थित एक ब्यांक्वेटमा बैठक चलिरहेको छ ।   ‘केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेण्डाबारे छलफल भइरहेको छ’, प्रवक्ता जगनाथ खतिवडाले भने । स्थायी कमिटी बैठकमा सम्मानित नेत...
 गगन थापाको च्यालेन्ज बिरुद्ध दिए बिप्लवले कडा चेतावनी

 गगन थापाको च्यालेन्ज बिरुद्ध दिए बिप्लवले कडा चेतावनी

Breaking news 1, Nepse Update, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, रोचक खबर, व्यक्तित्व
  बिध्यार्थी तथा रास्ट्रिय कराते खेलाडी विप्लव खड्काले MCC(मिलिनियम च्यालेन्ज कर्पोरेशन) ले मागेको सम्झौता विरुद्ध देशका सबै युवाहरुलाई सडकमा उत्रि घोर विरोध गर्न आग्रह गरेका छन।    देशलाई बन्धकी राखेर सम्झौताको अघि अमेरिकाले देश बिकासका नाममा दिनलागेको रकमको लोभमा परि घुडाँ टेकेर सम्झौता पास गर्न नदिन हरेक नेपालीलाई आवाहन गरेका छन।    एमसिसी लाई देशमा ल्याउने पक्षमा जनता समाजवादी पार्टी, केपी ओली र शेर बहादुर देउवा रहेको तर हामी नेपाली युवाहरू मिलेर देशमा गलत गतिविधिलाई गर्न खोज्ने हो भनि हामी हाम्रो ज्यान दिएर भएपनि देशमा MCC पास गर्न नदिने खड्काले बताए।    हेर्नुहोस् विप्लव खड्का संग सानो आवाजले लिएको अन्तरबार्ता... ...