
KHYANG-BU GUYS ले नयाँ वर्षमा डान्स पार्टी गर्ने
दक्षिण कोरिया: KHYANG-BU GUYS ले यही आउदो डिसेम्बर ३१ तारिख अर्थात् अङ्ग्रेजी नयाँ वर्षाको अवसरमा नाईट धमाका डान्स पार्टी आयोजना गर्ने भएको छ। "नयाँ वर्ष धमाका डान्स पार्टी" नाम दिएको उक्त डान्स पार्टीमा कोरियन तथा नेपाली डि.जे. ले संयुक्त रूपमा अङ्ग्रेजी, कोरियन, हिन्दी र नेपाली गीतको माध्यमबाट भरपुर मनोरञ्जन दिने भएको छ। सो डान्स पार्टी कोरियामा नेपालीहरुको ठुलो जमघट हुने किम्हे शहरको 콩코드 나이드 क्लबमा बेलुका ८ बजे देखि बिहान ४ बजे सम्म नन स्टप हुने भएको छ ।
KHYANG-BU GUYS दक्षिण कोरियाको ख्यङ्साङ्नाम्दो र बुसान क्षेत्रमा विभिन्न पेशामा आवद्ध जुझारु युवाहरू मिलेर विगत ४ वर्ष अघि स्थापना भएको एक समुह हो।
दक्षिण कोरियामा नेपाली युवाहरू मानसिक तनावका कारण डिप्रेसन हुने समस्या दिनप्रतिदिन बढिरहेको समयमा यसलाई केहि कम गर्नु सकिन्छ कि भन्ने उदेश्यले यो कार्यक्रम आयोजना भएको हो।
...