दक्षिण कोरिया: KHYANG-BU GUYS ले यही आउदो डिसेम्बर ३१ तारिख अर्थात् अङ्ग्रेजी नयाँ वर्षाको अवसरमा नाईट धमाका डान्स पार्टी आयोजना गर्ने भएको छ। “नयाँ वर्ष धमाका डान्स पार्टी” नाम दिएको उक्त डान्स पार्टीमा कोरियन तथा नेपाली डि.जे. ले संयुक्त रूपमा अङ्ग्रेजी, कोरियन, हिन्दी र नेपाली गीतको माध्यमबाट भरपुर मनोरञ्जन दिने भएको छ। सो डान्स पार्टी कोरियामा नेपालीहरुको ठुलो जमघट हुने किम्हे शहरको 콩코드 나이드 क्लबमा बेलुका ८ बजे देखि बिहान ४ बजे सम्म नन स्टप हुने भएको छ ।
KHYANG-BU GUYS दक्षिण कोरियाको ख्यङ्साङ्नाम्दो र बुसान क्षेत्रमा विभिन्न पेशामा आवद्ध जुझारु युवाहरू मिलेर विगत ४ वर्ष अघि स्थापना भएको एक समुह हो।
दक्षिण कोरियामा नेपाली युवाहरू मानसिक तनावका कारण डिप्रेसन हुने समस्या दिनप्रतिदिन बढिरहेको समयमा यसलाई केहि कम गर्नु सकिन्छ कि भन्ने उदेश्यले यो कार्यक्रम आयोजना भएको हो।
यो समुहको उद्देश्य प्रवासी भुमी दक्षिण कोरियामा रहेको नेपालीहरु विच सुख-दुखमा सँग सहकार्य गर्दै प्रवासी जीवन सुखमय र खुसीसाथ बिताइ समाजमा भाईचाराको भावना स्थापना गर्नु हो।
सामाजिक काममा समेत खुलेर सहयोग गर्ने यस समुहले “नयाँ वर्ष धमाका डान्स पार्टी” बाट प्राप्त मुनाफा दक्षिण कोरिया तथा नेपालमा समेत सामाजिक कार्यमा उल्लेखनीय काम गर्दै आइरहेको नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखा दक्षिण कोरियाले बुसान/किम्हेमा सन्चालन नाना-आङा धिमका लागि सहयोग गर्ने जनाएको छ।
KHYANG-BU GUYES ले गर्न लागेको यो दोस्रो कार्यक्रम हो। जुन कार्यक्रमको उदेश्य विशुध्द समाजिक काममा सहयोग गर्ने रहेको छ हाल दक्षिण कोरियामा विभिन्न अभियानको नाममा सहयोग सङ्कलन गर्ने गरिएको भए तापनि KHYANG-BU GUYS ले मनोरञ्जनात्मक कार्यक्रम गरेर त्यस बाट प्राप्त मुनाफालाई समाजिक काममा लगाउने कुरा आयोोजकले जानकारी गराउनु भयो भने उक्त “नयाँ वर्ष धमाका डान्स पार्टी”मा यस क्षेत्रमा विभिन्न पेसाम आबद्ध तथा जातीय क्षेत्रिय संघ संस्था लगायत सम्पुर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुमा गरिमामय उपस्थित भई भरपुर मनोरन्जन गर्दै कार्यक्रम सफल पारिदिनुहुन कोरियामा रहेका सम्पुर्ण नेपालीहरुलाई आयोजकले हार्दिक अनुरोध गरिएको छ।