Get Our Android App

Friday, January 27News That Matters

राजु राईको “सपनाको देश कोरियामा” पुस्तक विमोचन हुँदै ।

दक्षिण कोरिया:सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाका वर्तमान अध्यक्ष राजु राई द्वारा लिखित पुस्तक “सपनाको देश कोरियामा” यहि आउने कोरियन नयाँ वर्ष सलनालको अवसरमा 21 जनवरि 2023 शनिबारको दिन सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको २०औ स्थापना दिवस अवसरमा बार्षिक साधारण सभा तथा स्मारिका पुस्तक विमोचन कार्यक्रम संगै संयुक्त रूपमा विमोचन गर्ने राजु राईले बताएका छन ।

  राईले लेखेको उक्त पुस्तक “सपनाको देश कोरियामा “जति बिक्रीवितरण हुन्छ त्यस बाट अएको रकम सबै कुनैपनी अर्थिक अभावको कारण पढ्न बाट बन्चित भएका एकजना बालबालिकाको अध्यनमा खर्च गर्ने अध्यक्ष राइको सोच रहेको हिमाली सन्देशलाई बताएका छन ।

 सोलुखुम्बु सेवा समाज द. कोरियाका वर्तमान अध्यक्ष राई विगत ११ वर्ष देखि कोरियामा कार्यरत रहि सामाजिक संघ संस्थाहरु र सामाजिक गतिविधि हरुमा जोडिदै आएका छन ।

उनले लेखेको “सपनाको देश कोरिया” पुस्तकमा परदेशिन बाध्य लाखौ नेपाली युवाहरुले प्रवासि भुमिमा रहदा भोगेका तिता मिठा यथार्थ भोगाईहरु सुख ,दुःख ,रोदन ,क्रन्दनलाई उजागर गर्न खोजिएको राय उनले राखेकाछन ।

 उक्त पुस्तक कोरिया र नेपालमा जति पनि बिक्री हुन्छ सम्पुर्ण रकम अर्थिक अभावको कारण पढ्न बाट बन्चित भएका एकजना बालबालिकाको अध्यनमा खर्च गर्ने भएको हुदा यस पुस्तकलाई किनेर यो सानो सहयोगात्मक सेवामा साथ दिनु हुन कोरिया र नेपालमा रहेका आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु समक्ष अध्यक्ष राईले अपिल गरेका छन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *