विशाल श्रेष्ठ/दक्षिण कोरिया: न्यानो बितरण सहयोग गर्ने उद्देश्यको साथ “B&S GROUP” दक्षिण कोरिया द्वारा “दुइ नम्बरि” चलचित्र दक्षिण कोरियाको विभिन्न सहरहरुमा भव्यताका साथ प्रदर्शन सम्पन्न गरि आयोजकले हिसाब किताब सार्वजनिक गरेको छ।
दक्षिण कोरियाको विभिन्न सहरहरुमा “दुइ नम्बरि” चलचित्र प्रदर्शन कार्यक्रम गरि जम्मा 72,48,000 वन आम्दानी भएकोमा चलचित्रको व्यवस्थापन खर्चमा 12,67,100 वन र चलचित्रको मुल्य 52,50,000 वन गरि जम्मा खर्च 65,17,100 वन वाट आम्दानी 72,48,000 घटाउँदा 7,30,900 वन आयोजकको कोषमा बचत भएको आयोजकले जनाएको छ।
चलचित्र प्रर्दशन कार्यक्रय भव्यता साथ सफल पार्न निमन्त्रणालाई सहर्ष स्विकार गर्दै पाल्नुहुने विभिन्न संघ संस्थाका प्रतिनिधित्व गरेर आउनु हुने प्रतिनिधि हरु लगायत उपस्थित सम्पूर्ण दर्शक हरु प्रति आयोजक “B&S GROUP” ले हार्दिक आभार व्यक्त गर्दै आगामि दिनहरूमा पनि यस्तै साथ ,सहयोग र सद्भाव राखिदिनुहुनेछ भन्ने अपेक्षा गरेको छ।
आयोजक B&S GROUP ले बचत भएको 7,30,900 वन आफुहरुले भने बमोजिम न्यानो बितरणको लागि सहयोग गर्ने जनाउदै चाढै नै सिन्धुपाल्चोक जिल्लामा सहयोग गर्ने बताएको छ।