Get Our Android App

Friday, January 27News That Matters

नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको “दोस्रो नियमित प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न

 

विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेकपा माओवादी केन्द्रको प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको सङ्गठन तथा स्कुलिङ विभागको आयोजनामा ५ नोभेम्बर २०२२ का दिन आसन्न सङ्घीय तथा प्रादेशिक निर्वाचन केन्द्रित “दोस्रो नियमित प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम” जुम भर्चुअल माध्यमद्वारा सम्पन्न भएको छ। 

          नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समिति अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) पोलिटब्युरो सदस्य कमरेड ओम शर्माको प्रमुख अतिथत्वमा सम्पन्न भएको भर्चुअल कार्यक्रम मा,  (माओवादी केन्द्र) १ नम्बर प्रदेश समिति अध्यक्ष कमरेड हर्क बहादुर नेम्वाङ मिक्सो, प्रवास समन्वय समिति पूर्वी एसिया क्षेत्रीय अध्यक्ष कमरेड हर्क थापा, प्रवास समन्वय समिति पूर्वी एसिया क्षेत्रीय सचिव कमरेड रमेश तिवारी, गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष विनोद कुँवर, नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष कमरेड दिलीप धिताल, नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका अध्यक्ष कमरेड ईश्वर कठायत, नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका सल्लाहकार तथा नेपाली सम्पर्क समिति एनसीसी दक्षिण कोरियाका अध्यक्ष कमरेड श्रीप्रसाद श्रेष्ठलगायतको विशेष आतिथ्यता सम्पन्न भएको हो।

नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका केन्द्रीय पदाधिकारी, सदस्य, सल्लाहकार, क्षेत्रीय पदाधिकारी तथा सदस्यहरू, सङ्गठित सदस्य, शुभचिन्तक, शुभेच्छुक एवम् आस्थावान् कमरेडहरूको विशेष सक्रियतासहितको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व जनप्रगतिशील मंच दक्षिण कोरियाको  बरिष्ठ उपाध्यक्ष एवम् सङ्गठन तथा स्कुलिङ विभाग प्रमुख जिवन खतिवडाले गर्नु भएको थियो।

             कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिलगायत अन्य अतिथि कमरेडहरूले प्रवासमा रहेका सम्पूर्ण उर्जाशील कमरेडहरूलाई एक ढिक्का भएर चुनावी व्याटलमा होमिन निर्देशनका साथै महत्वपूर्ण प्रशिक्षण प्रदान गर्नुभएको छ। प्रमुख अतिथि कमरेड ओम शर्माले यस कार्यक्रम असाध्यै प्रभाकरी र प्रवास सङ्गठनका निम्ति नौलो आयाम भएकोले अन्य प्रवास कमिटीहरूमासमेत “सङ्गठन तथा स्कुलिङ विभाग” को नेतृत्वमा यसै फर्म्याटको कार्यक्रमहरू अनुशरण गरी विस्तार गर्न निर्देशित गरिने कुरा सधन्यवाद व्यक्त गर्नुभएको छ। विशिष्ट अतिथि कमरेड हर्क बहादुर नेम्वाङ मिक्सोले हाम्रो पार्टीको चुनावी एजेन्डा पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणाली र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिजस्तो महत्वपूर्ण सवाल रहेकोले पनि हामीले प्रत्यक्ष तर्फको भोटमात्र नभई समानुपातिक भोटमा समेत विशेष ध्यानकेन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको थियो। 

         

कार्यक्रममा रिपोर्टिङ शहिद परिवार कमरेड धर्मराज बुढा, पूर्व जनमुक्तिसेना तथा सङ्गठनका केन्द्रीय कोषाध्यक्ष कमरेड बि बि तामाङ, युवा तथा खेलकुद विभाग सदस्य एवम् केन्द्रीय सदस्य कमरेड ह्यारी थापालगायतले राख्नुभएको थियो। त्यस्तै कमरेड प्रवीण गिरीले कार्यक्रममा पार्टी हितमा समर्पित भई महत्वपूर्ण प्रश्नहरूको उठान गर्नुभएको थियो।

             नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष एवम् सङ्गठन तथा स्कुलिङ विभाग प्रमुख जीवन खतिवडाको अध्यक्षतामा भएको कार्यक्रमले नेपालमा हुनगइरहेको आसन्न मङ्सिर ४ को निर्वाचनमा पर्टी र गठबन्धनले विजय हासिल गर्दै प्रतिगमनलाई परास्त गरी देश र जनताको परिवर्तन र विकास संस्थागत गर्नका निमित्त दक्षिण कोरियालगायत अन्य प्रवासमा रहेका माओवादी पार्टीका जिम्मेवार नेता कार्यकर्ताहरूले हरसम्भव आर्थिक,नैतिक,भौतिक एवम् प्रचारात्मकलगायत सम्पूर्ण सहयोग दृढतापूर्वक गर्ने योजना तर्जुमा गरेको छ। 

             सो कार्यक्रम नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका केन्द्रीय सदस्य एवम् सङ्गठन तथा स्कुलिङ विभाग सदस्य कमरेड नविन परियारले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य केन्द्रीय महासचिव एवम् सङ्गठन तथा स्कुलिङ विभाग सदस्य कमरेड रूद्र थापाले राख्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *