Get Our Android App

Friday, January 27News That Matters

प्रथम ग्रीन नेपाल कप फुटसल प्रतियोगिता 2022 ” को उपाधी आयोजक ग्रीन नेपाल फुटबल क्लबले चुम्न सफल ।

 

बिक्रम बज्यू ,/दक्षिण कोरिया:” स्वास्थ्य अनि मनोरन्जनको लागि फुटसल ” भन्ने नाराका साथ ग्रीन नेपाल फुटबल क्लब छाङ्गवान बुसानको आयोजनाम़ा सम्पन्न भएको ” प्रथम ग्रीन नेपाल कप फुटसल प्रतियोगिता 2022 ” को उपाधी आयोजक ग्रीन नेपाल फुटबल क्लबले चुम्न सफल भएको छ l

दक्षिण कोरियाको दक्षिणी भेगको ब्यस्त गिम्हे शहरम़ा भएको उक्त फुटसल प्रतियोगिताको फाइनल भिड्न्तम़ा फारन फुटबल क्लबलाइ शुन्यका बिरुद्ध एक गोल गरि आयोजक ग्रीन नेपाल फुटबल क्लब बिजयी भएको थियो l

” ए ” पोलबाट सेमिफाइनलम़ा मोक्पो फुटबल क्लबलाइ पराजित गरि फारन फुटबल क्लब फाइनल प्रबेश गरेको थियो भने ” बी ” पोलबाट नाम्जी फुटबल क्लबलाइ पराजित गरि आयोजक ग्रीन नेपाल फुटबल क्लबले फाइनल भिड्न्त सुरक्षित गरेको थियो भने फाइनलको अत्यन्तै प्रतिस्प्रधात्मक भिड्न्तम़ा फारन फुटबल क्लबलाइ शुन्यका बिरुद्ध एक गोलम़ा पराजित गरि आयोजक ग्रीन नेपाल फुटबल क्लबले विजयी हासिल गरेको थियो l फाइनलको सुरुवाती पहिलो हाफम़ा अमृत मगरले गरेको गोल नै निर्णायक गोल रहयो l


आयोजक सहित 29 फुटबल टिम सहभागी रहेको उक्त फुटसल प्रतियोगिता बिजेता टिम ग्रीन नेपाल फुटबल क्लबले 30 लाख वान नगद सहित ट्रफि मेडल र प्रमाण – पत्र प्राप्त गर्यो भने उप बिजेता टिम फारन फुटबल क्लबले 15 लाख नगद सहित ट्रफि मेडल र प्रमाण – पत्र हासिल गर्यो l

त्यस्तै सेमिफाइनलिस्ट नाम्जी फुटबल क्लब र मोक्पो फुटबल क्लबले 5 / 5 लाख वान नगद प्राप्त गरेको थियो l 

त्यसरी नै सर्बोकृस्ट खेलाडीको ताज आयोजक ग्रीन नेपाल फुटबल क्लबका प्रतियोगिता भरि कै कम उमेर अन्डर 16 का युवा खेलाडी दावा शेर्पा लाइ घोषित गरिएको थियो भने उच्च गोलकर्ताको पुरस्कार मोक्पो फुटबल क्लबका अबिनास कार्की त्यसै गरि उत्कृष्ट गोलकिपरको उपाधी फारन फुटबल क्लबका मिलन परियारले प्राप्त गरेको थियो l

उत्कृष्ट खेलाडीहरुलाइ जनही 1/1 लाख वान सहित पुरस्कृत गरिएको थियो l 

समापन समारोहम़ा प्रमुख अतिथि

नेपाल फुटबल कमिटी दक्षिण कोरियाका अध्यक्ष कृष्ण गुरुङ्ग ( ब्रो. ), बिशेष अथितिहरु गैर आवाशिय़ नेपाली संघ रास्ट्रिय परिषद कोरियाका केन्द्रिय बरिस्ठ उपाध्य़क्ष संजिव राई , जन प्रगतिशिल मंच कोरियाका केन्द्रिय अध्यक्ष ईश्वर कठायत, एन सि सी क्षेत्रिय़ कमिटि बुसानका अध्यक्ष संजित अधिकारी,

जनजाती महासंघ क्षेत्रिय़ कमिटि बुसानका अध्यक्ष परि गुरुङ्ग,

सिस्टर हुड किम्हेका अध्यक्ष बिष्णु पाण्डे, विभिन्न जातीय क्षेत्रिय़ संघ सस्थाका प्रतिनिधिहरू र फुटबल क्लबका प्रतिनिधिहरु लगायत उपस्थिति रहेको थियो।

 

 प्रतियोगिताको समापन समारोहम़ा बिशेष गरि फुटबल क्षेत्रम़ा अतुलनीय योगदान पुर्याउनु भएका ब्यक्तित्वहरु फिलिप गुरुङ्ग ज्यू ( राईजिंग नेपाल फुटबल क्लब उल्सान ), बिक्रम गुरुङ्ग ( मोक्पो फुटबल क्लब मोक्पो ), नरेश श्रीस मगर ( डेउ फुटबल क्लब गजेदो ) लाइ आयोजक कमिटि ग्रीन नेपाल फुटबल क्लबबाट सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मानित गरिएको थियो l

प्रतियोगितालाइ सभ्य भब्य रुपमा सफल पार्न अहोरात्र खटिनु हुने स्वयमसेवकहरु, मिडियाका प्रतिनिधिहरू खेलकुद अपडेट डट कम ,भिजन नेपाल टिभी र goalnepal. Com का प्रतिनिधि, आर्थिक भौतिक रुपमा सहयोगी दाताहरु,बिशिस्ट ब्यक्तित्वहरु, क्लबका प्रतिनिधिहरूलाइ आयोजक कमिटिका संयोजक हेमन्त गुरुङ्गले स्वागत तथा हार्दिक धन्यवाद ज्ञापन व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *