Get Our Android App

Friday, January 27News That Matters

न्यानो वितरण सहयोगार्थका लागि दक्षिण कोरियामा ”दुई नम्बरी” प्रर्दशन गर्दै 

सउल/दक्षिण कोरिया:नेपाली चलचित्र दुई ”नम्बरी” खाडी मुलुकका राष्ट्रहरु युएई, कतार, बहराइन र ओमानका विभिन्न हलहरुमा अक्टोबर २० तारिख सफल प्रदर्शन पछि दक्षिण कोरियामा पनि पहिलो शो सुवन सहरमा प्रदर्शन हुने भएको छ । B&S Group द्रारा उक्त चलचित्र आउँदो नोभेम्बर १३ तारिख आइतवार दिउसो १२:०० बजे 경기도인재개발원 मा प्रदर्शन हुने भएको छ । 

वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका नेपालीहरुलाई लक्षित गर्दै सुवन सहरमा नेपाली चलचित्र ‘दुई नम्बरी’ प्रदर्शन गर्ने उक्त सलफता पछि नेपालमा न्यानो वितरणमा सहयोग गर्ने आयोजकले जनाएको छ ।

निर्देशक दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र दुई नम्बरीमा दयाहाङ र सौगातका साथै अभिनेत्री उपासना सिंह ठकुरी, भुटानी अभिनेत्री उगेन छोदेन र अभिनेता बुद्धि तामाङ मुख्य भूमिकामा छन्।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माता छन्। मिठु तामाङ्नी सह-निर्माताको रूपमा रहेको चलचित्रको निर्माता दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ हुन्। चलचित्रको छायाँकन सुशन प्रजापतिले गरेका हुन् भने निमेश श्रेष्ठले सम्पादन गरेका हुन्। 

चलचित्र हेरेर मनोरञ्जन लिनुहुन कोरियास्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले हार्दिक अनुरोध समेत गरेको छ ।

थप जानकारीको लागि 

010-5943-4912, 

01080709210

Leave a Reply

Your email address will not be published. Required fields are marked *