Get Our Android App

Friday, March 24News That Matters

नागरिकता विधेयकता खारेजीको लागि नेपाली दुतावास मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र हस्तान्तरण

विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपालको प्रतिनिधि सभा र राष्ट्रिय सभा संसद बाट पारित गरिएको “नेपाली नागरिकता ऐन-२०६३ संशोधन गर्न बनेको बिधेयक -२०७९” खारेजीको माग गर्दै दक्षिण कोरिया स्थित सउलमा रहेको नेपाली राजदुतावास मार्फत नेपाल सरकारलाई विभिन्न संघ संस्था ले ज्ञापनपत्र बुझाएको छ।

 प्रवासी नेपाली एकता समाज दक्षिण ( राप्रपा) , बिबेकशिल अन्तर्राष्ट्रीय सद्दभाव समूह( बिबेकशिल साझा) ,नेपाली एकता समाज ( जनमोर्चा) ,सह्रदयता अन्तर्राष्ट्रीय दक्षिण कोरिया र बिश्व हिन्दु युवा संध दक्षिण कोरिया ले नागरिकता बिधेयकको खारेजको माग गर्दै दक्षिण कोरियामा रहेको विभिन्न राजनितिक तथा धार्मिक संध संस्थाहरुले नेपाली दुतावास मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।नागरिकता बिधेयक आफुहरुलाइ मान्य छैन स्वाभिमानी नेपालीहरुलाई मान्य छैन भन्दै नागरिकता संशोधन विधेयकमा मुख्य गरेर ५ वटा गम्भीर राष्ट्रघाती विषयहरु छन् रहेको र विधेयकको धारा २ को उपधारा ४,५ र ६ विशेष रुपमा आपत्तिजनक रहेकाे जनाउनुभएको थियो।

पत्रमा नेपालका दुबै सदन बाट पारित भइ राष्ट्रपति बाट प्रमाणिकरण हुन बाकी रहेको उक्त नागरिकता बिधेयक खारेज गरि नेपालमा जन्मिएका वास्तविक नेपालीहरुले सहजै नागतिकता प्राप्त गर्न सक्ने तर एकजना पनि बिदेसी नागरिकले नेपाली नागरिकता लिनै नसक्ने कठोर नीति सहितको नया नागरिकता बिधेयक ल्याउन नेपाल सरकार समक्ष हार्दिक अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *