विशाल श्रेष्ठ/ दक्षिण कोरिया: “सुर्योदय र हरियाली ईलामेलीको पहिचान,। पर्यटन प्रबर्द्धन र समाज सेवा हाम्रो अभियान” नारा लिएर २०१४ मा कोरियामा रहेका इलामेली बासि हरु मिलेर स्थापना भएको इलामेली समाज दक्षिण कोरियाको चौथो अधिबेशनबाट टिका थेगिम लाइ सर्बसम्मत अध्यक्ष चयन गरेर सम्पन्न भएको छ ।
इलामेली समाज दक्षिण कोरियाको चौथो अधिबेसन प्रत्यक्ष उपस्थित सउलको निक ट्राभलको सभाहलमा गराएर सम्पन्न भएको छ ।सस्थाको अध्यक्ष केदार निरौलाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा NRNA अध्यक्ष दिपक पुन प्रमुख अतिथि तथा पूर्वान्चल सरकार समाज अध्यक्ष अमृत राइ विशेष अतिथि हुनुहुन्थ्यो । नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा दिप गुरुङ तथा उपाध्यक्षमा देष बहादुर लिङ्देन, महासचिव मा सुरेश रिजाल सचिबमा भीम बिराज शंकर,कोषाध्यक्षमा भवानी घिमिरे र सह कोषाध्यक्षमा मदन चापागाईं रहेको छ।
यसैगरी सदस्य हरुमा आशिष शाह,डिल्लि हाङसुरुम्बा , सुवास चेम्जोङ,सुनिल गुरुङ, गणेश तामाङ, छत्र राइ र तिर्थ लुइटेल रहेको छ। थप दुइ उपाध्यक्ष र पाँच सदस्य हरु पहिलो बैठकबाट मनोनयन गरिने र सल्लाहकार समितिमा संस्थापक अध्यक्ष हरि खनाल, संरक्षक केदार निरौला, प्रमुख सल्लाहकार पवित्रा थेबे, बरिष्ठ सल्लाहकार सरोज सुब्बा, सल्लाहकार खोम गुरुङ,दावा तामाङ,महेश थापा रहेको कुरा निर्वाचन मण्डलको अध्यक्ष प्रतिक बोहोराको अध्यक्षतामा बसेको बन्द सत्रले चयन गरेको घोषणा गर्नुभएको थियो।
सुरेश रिजालले सन्चालन गरेको कार्यक्रममा नवनिर्वाचित कार्यसमिति पदाधिकारी हरुलाइ बधाई तथा शुभकामना दिदै केदार निरौलाले आगामी दिनहरुमा पनि सस्थाको नितिनियममा रहेर काम गर्न र एक्यबद्धता जनाउन अनुरोध गर्नुभएको छ।