चौतारा सागँचोकगढि ना. पा १३ मा गए राति मध्य राती १२ बजे एमाले र मावोबादी पाटीका कार्यकर्ता विच झडप हुँदा केहि व्यक्ति घाईते भएका छन।
चुनाव नजिकिए सँगै गाउँ घरमा आफ्नो पावर देखाएर माधक पर्दाथ प्रयोग गरि झैझगडा गर्नु स्वाभाविक हो, नेकपा मावोबादीका केहि कार्यकर्ताहरु चानस गिरी, सन्तोष सार्की र अन्यव्यक्तिले एमालेको कार्यकर्ताहरु लाई घरजाने क्रमा चारै तर्फ बाटो छेकि हात पात गर्दा झगडाले ठुलो रुप लिन पुगेको हो।
झै-झगडा गर्नेहरु लाई सिन्धुपाल्चोक जिल्ला प्रशासन प्रहरीले हिजै राती नियन्त्रणमा लिएको छ।
“भोलि हुन गएको चुनाव हार्छु भन्ने डरले मावोबादीका कार्यकर्ताहरुले हात हतिएर सहित आएर कुटपिट गर्दा झडप हुन पुगेको र गाउँमा शान्ति सुरक्षा कायम गरेर वडाको बिकाशगर्छु भन्ने धारणा बोकेर हिनेका जनप्रतिनिधिले यसरी झगडा गर्दा गाउँ सुरक्षित नभएको स्थानीय बासिन्दा बताउँछन् ।”