विशाल श्रेष्ठ
नेकपा (माओबादी केन्द्र) चाँगुनारायण नगर वडा नं. ६ कमिटिको आयोजनामा प्रयास लामा लाइ अध्यक्ष चयन गरि वडा कमिटि गठन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
वडा नं. ६ पुर्व अध्यक्ष दिपक लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य डि. पी. ढकाल तथा अतिथि हरु पार्टी जिल्ला संयोजक सुनिल गोथे, जिल्ला सचिब दिलकृष्ण तज चाँगुनारायण नगर अध्यक्ष नरेश खड्का लगायत को उपस्थितको रहेको थियो।
चाँगुनारायण नगरपालिका वडा नं. ६ बेशिटोलमा सम्पन्न भएको उक्त कार्यक्रममा लामाको अध्यक्षतामा उपाध्यक्ष दिलिप तामाङ, सचिवमा दिपक नगरकोटि सहित २९ सदस्यीय कमिटि गठन गरिएको थियो ।
सर्बसम्मत रुपमा नेकपा (माओवादी केन्द्र)चानपा-६ वडा कमिटीको ‘अध्यक्ष’ जस्तो जिम्मेवारी पद दिनुभएको मा पार्टीलाई धन्यवाद दिदै आगामी नगरकोट विकास र उत्थानका लागि, अनि यहाँ रहेका विकृति र दुर्गन्धित विरुद्धको आवाज उठाउदै र समस्याको पर्याय “समाधान” भएर हिड्ने भनी प्रतिज्ञा सहित गरेको छ।