Get Our Android App

Friday, January 27News That Matters

शक्ति राष्ट्रहरुको चङ्गुलमा फसेको राष्ट्र -सन्जिव भण्डारी

       ✍️सन्जिव भण्डारी

1) यूक्रेन 

करिब ६ सय वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको साढे चार करोड जनसंख्या रहेको सुन्दर देश यूक्रेनमा सन 2004 देखी 2013 सम्म यानुकोविच राष्ट्रपति रहे युरोपीयन युनियन र अमेरिकाको प्रभाव र दवाव बिच पनि उनले यूक्रेनलाई नेटो गठबंधन र युरोप अमेरिका ठुलो सहयोग अस्वीकार गरेर एउटै भाषा लिपि संस्कार भएको रसियासंग नजिकको सम्बन्ध राखेर यूक्रेनलाई विश्वमान चित्रमा यथावत राखे सन 2013 मा युरोपीयन युनियनले १५ अर्ब डलरको चारो देखायो यानुकोविचले अस्वीकार गरें १५ अर्ब डलर भनेको सानो रकम होइन सहयोग लिनु पर्छ भन्दै बिपक्ष सडकमा आए बिरोध प्रर्दशनले उग्र रुप लियो यानुकोविच यूक्रेन छाडेर भागे 

असली खेल सन् 2014 बाट शुरु भयो यूक्रेनलाई पश्चिम राष्टहरुले राजनिति रुपमा कब्जा गर्यो र रसियासंग सम्बन्ध बिग्रीयो रसियाले त्यहीं बर्ष यूक्रेनको क्रिमिया कब्जा गर्यो वोलोदिमिर राष्ट्रपति भएपछी युरोपीयन र अमेरिकाले यूक्रेनलाई उचाले यूक्रेन पनि केही गरि रसियाले आक्रमण गरें नेटो सेनाले सहयोग गर्ला भनेर रसिया बिरुद्द धम्कीपूर्ण भाषा बोल्न थाल्यो अहिले रसियाले साच्चै आक्रमण गर्यो तर अमेरिका राष्ट्रपति जो वाडेनले रसियासंग यूक्रेन आफै लड्न पर्छ हामी नेटो सेना पठाउन सक्दैनौ हामी शान्तिको पक्षमा छौं यूक्रेनको राष्ट्रपति देश छाडेर भाग भनेर सल्लाह दिए शक्तिशाली रसियासंग यूक्रेन १ महिना पनि टिक्न सक्दैन केही दिन पछी नै यूक्रेन विश्वमान चित्र इतिहासमै सिमित हुदै छ ।

 

नेपाली एउटा उखान छ “टाढाको देउता भन्दा करेसाबारीको भुत नै प्यारो “ यूक्रेनको लागि युरोपीयन युनियन र अमेरिका टाढाको देउता थियो होला तर करेसाबारीको भुत त रसिया नै थियो बेला बेलामा भुतलाई मन्छाएको भए आज करेसाबारीको भुतले निल्न खोज्दैन थियो टाढाको देउता सधैं काम लाग्छ भन्ने हुदैन । यूक्रेनको समाज र राजनितिक रसिया र पश्चिमा गरि दुई भागमा बिभाजित थिय यसलाई ब्यालेसमा लिउन नसक्नु यूक्रेनी शासकको ठुलो भूल भएको छ ।समान भाषा लिपी र संस्कृती भएको ठुलो छिमेकी देशहरुले सानोलाई मिलाउन खोज्छ 

मिलेन भने निल्न खोज्छ । विश्व राजनिति घटानाक्रमलाई हेर्दा यो वास्तविक र अनिबार्य हुदै गएको छ ।

 

श्रीलंका 

समुद्री किनारमा अबस्थीत करिब ६४ हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको साढे २ करोड जनसंख्या भएको दक्षिण एसियाली सानो राष्ट्र श्रीलंका बहुमूल्य धातु पाइने देशको रुपमा पनि प्रख्यात छ ।गृहयुद्धमा पनि धेरथोर बिकास गरेको श्रीलंकाले युद्द अन्त्य पछी बिकास बाटो पछाएर मेगा प्रोजेक्ट जाफ्ना एरपोर्ट हम्बनटोटा पोर्ट कोलम्बो न्यू सिटी जस्तो महत्वाकांक्षी योजना अगाडी बढाएर बिकास छलाङ मार्न लागेको थियो तर संयुक्त राष्ट्र संघले तामिल युद्दमा भएको युद्द अपराधलाई छानबिन गर्ने माग गर्यो श्रीलंकाले छानबिन गर्ने मागको ठाडै अस्वीकार गर्ने पश्चिमेली राष्टहरुसंगको सम्बन्ध चिसियो चिनसंग ब्यापारीक , राजनितिक सबै सम्बन्ध बढायो चिनले मंहगो ब्याजमा ऋणको भारी बोकाइदियो पटक पटक गरेर चिनसंग मात्रै ६ खर्ब भन्दा बढी ऋण श्रीलंका लियो विश्वबैंक ऋणको भारि अर्कोतिर छ चिनले कमशल जैविक मल पठाएर श्रीलंकामा उब्जाउ घट्यो चिनसंग मात्रै संगत राजनिति अस्थीरता , राजनितिमा परिवार हाबि सम्पती भन्दा बढी ऋणले गर्दा आज श्रीलंका तेल किन्न नसक्ने अबस्था पुगेको छ सरकारले नै तेल किन्न नसक्ने घोषणा गरेर आर्थिक संकटसंग जुध्न नसक्ने संकेत गरेको छ ।उसले सारेको बिकास परियोजना पनि ध्वस्त हुने अबस्था छ 

 

श्रीलंकाले एम सी सी परियोजना अस्वीकार गरेर अमेरिकासंग पनि सम्बन्ध चिसाई सकेको छ अन्धराष्ट्रबाद र चिनसंगमात्रै भर पर्नाले अन्य देशबाट लगानी भित्रिन सकेन एक पछी अर्को गर्दै श्रीलंका आर्थिक संकट झन-झन गहिरहेको छ अन्तराष्ट्रीय शक्ति केन्द्रलाई ब्यालेन्समा राख्न सकेन कुनै एक शक्तीको मात्रै अन्धभक्त हुदाको परिणाम श्रीलंका नराम्रोसंग भोगिरहेको छ ।

 

नेपालमा पनि MCC को बिषयलाई लिएर शक्ति राष्ट्रहरु आमुन्ने सामुन्ने हुनु राम्रो लक्षण होइन । यो नेपालको लागि चिन्ता र चासोको बिषय हो कुनै पनि परियोजना वा लगानी भित्र्याउने कि नभित्र्याउने त्यो नेपाल ले नै स्वविवेकले  निर्णय गर्नु पर्छ । कसैले दवाव कसैले रक्षा गरिदिदा अन्तराष्ट्रीय जगतमा नेपाल भूमिमा माथि गम्भीर प्रश्न चिन्ह खडा हुन्छ । पछिल्लो समय चिनले पनि नेपाल आन्तरिक मामिलामा दल देखी गुट सम्म ब्यवस्थापन गर्ने खोज्नु नांगो हस्तक्षेप हो । कुनै पनि छिमेकीले कुनै पनि छिमेकीलाई गर्ने ब्यबहार न्युनतम मृल्य र मान्यता भन्दा बाहिरको कुरो हो चाहे चिन होस् या भारत वा अमेरिका कुनै पनि शक्ति राष्ट्रको नेपाल क्रिडा स्थल होइन र यो कदापि हुनुहुदैन यो स्वाभिमानी नेपालीलाई स्वीकार्य छैन।

 

✍️लेखक भण्डारी प्रवासी नेपाली एकता समाज दक्षिण कोरिया(राप्रपा)का अध्यक्ष, र सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको निवर्तमान अध्यक्ष तथा सल्लाहकार हुनुहुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *