Get Our Android App

Friday, January 27News That Matters

कोरोनाका कारण आज एकदिनमै ११ जनाको मृत्यु

देशभर १ हजार ९५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६९२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार १८४ तथा एन्टिजेन विधिबाट ७७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 

यही अवधिमा ५१०३ जना निको पनि भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ९ लाख २० हजार ५९२ जना सङ्क्रमणमुक्त भइसकेका छन् । त्यस्तै, २ लाख ७३ हजार ३४९ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।

 

 

यता थप ११ जना सङ्क्रमितले ज्यान पनि गुमाएका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८३८ पुगेको छ । देशभर ३६ हजार १८१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *