Get Our Android App

Friday, January 27News That Matters

मौरिससविरुद्धको खेलमा नेपाललाई अग्रता

अफ्रिकन राष्ट्र मौरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । दशरथ रङ्गशालामा सुरु भएको खेलमा विमल घर्तीमगरले नेपाललाई अग्रता दिलाएका हुन । विमलले ५४ मिनेटमा गोल गरेका हुन् ।

उनले योसहित नेपालका लागि व्यक्तिगत ९ गोल पुर्याएका छन् ।

 

 

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले पहिलोपटक मौरिससविरुद्ध खेल्न लागेको हो ।​ मौरिसस नेपालविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न गत साता नेपाल आइपुगेको थियो । यससँगै गत अक्टोबरमा सम्पन्न दक्षिण एसियाली च्याम्पियनसिपको फाइनलपछि नेपाल पहिलोपटक मैदान उत्रिएको हो ।

 

 

जिल्ला प्रशासन कार्यालयले खेलमा सीमित सङ्ख्यामा दर्शक राख्न अनुमति दिएपछि पाँच हजार दर्शकसहित खेल सुरु भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *