नेपालमा पछिलो २४ घन्टामा थप ५०८७ जनालाई को’रोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रलाय्क्ले दिएको पछिल्लो अपडेट अनुसार आज नेपालमा थप ५०८७ जनलाई को’रेना संक्रमण पुष्टि भएको हो ।
यो संख्या अघिल्लो दिनको तुलनामा १५ सयले बढी हो । हिजो १५ हजार ८१ जनाको परीक्षण हुँदा ३५ सय ५३ जनालाई पोजेटिभ देखिएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ५६० जनाको परीक्षण हुँदा ५ हजार ८७ जनालाई संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ जनाको मृ’त्यु भएको छ भने ३०६ जना संक्रमणमु’क्त भएका छन् ।