Get Our Android App

चीनभित्रै सङ्क्रमण भएकाहरुको संख्या बढ्न थाल्यो

चीनमा देशभित्रै सङक्रमित भएकाहरुको संख्या बढ्न थालेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

 

चीन पनि पछिल्लो समयमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढ्न थालेको बताइएको थियो । त्यसपछि उत्तरी चीनको सियान सहरमा अघिल्लो महिना लकडाउन गरिएको थियो । त्यहाँका अधिकारीहरुले सियानका एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिएका थिए ।

 

 

डिसेम्बरको मध्यतिर दैनिक १५० जना भन्दा बढीमा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन गरेको थियो । चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको छ । महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण र कडा लकडाउनजस्ता उपाय अवलम्बन गरिएको छ ।

 

उता बिहीबार पनि त्यहाँका हेनान र तियाजिन प्रान्तमा गरी १४३ जना सङ्क्रमितहरु भेटिएका अधिकारीहरुले जनाएका छन् । तीमध्ये सबैभन्दा बढी हेनानमा ९८ जना भोटिएका अधिकारीहरुले जनाएका छन् । त्यहाँ देशभित्रै र बाहिरबाट आएकाहरुमा पनि सङ्क्रमितहरु पाइएको हो ।

 

चीनले आगामी फेब्रुअरीमा ग्रीष्मकालीन ओलिम्पिकको आयोजना गर्न लागेको छ । त्यसैले चीनले अहिले कोभिडबारे उच्च सतर्कता कायम गरेको छ ।-सिन्ह्वा/Photo: Agency

Leave a Reply

Your email address will not be published. Required fields are marked *