Get Our Android App

४२ वर्षीया महिलासहित चारजना एकसाथ पक्राउ, डेरामा पुग्यो प्रहरी

 

  •  लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दिउँसो एक युवा पक्राउ
  • ४२ वर्षीया महिलासहित चारजना एकसाथ पक्राउ, डेरामा पुग्यो प्रहरी

झापाको मेचीनगर-६ स्थित मेची भन्सार कार्यालय गेट अगाडिबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज दिउँसो एक युवा पक्राउ गरेको छ ।

 

पाँचथर फागुनन्द गाउँपालिका–३ गुफाडाँडाका २६ वर्षीय राकेश तामाङलाई प्रहरीले ५० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

 

जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्दा उनको साथबाट प्लाष्टिकमा पोको पारिएको अवस्थामा ब्राउनसुगर बरामद गरेको थियो । पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *