Get Our Android App

लकडाउनबारे यस्तो तयारीमा सरकार

 पछिल्लो एक सातायता को’रोना भा’इरस (को’भिड–१९) को नयाँ भेरियन्ट ओ’मिक्रोन सं’क्रमितको संख्या बढ्न थाले पछि सरकारले देशैभर उच्च स्वास्थ्य स’तर्कता अपनाएको छ ।

शुक्रबार जिन सिक्वेन्सिङ गर्दा २४ जनामा ओमिक्रोन भेटिएको थियो । ओ’मिक्रोन भेरियन्ट भेटिएसँगै दैनिक झन्डै एक हजारको संख्यामा सं’क्रमित भेटिन थालेपछि सरकारले उच्च सतर्कता अपनाएको हो ।

 

भारतमा दैनिक झन्डै एक लाख सं’क्रमित भेटिन थालेसँगै खुला सिमाना जोडिएको नेपालमा पनि सं’क्रमितको संख्या ह्वात्तै बढेको हो। सं’क्रमितको संख्या बढेपछि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको को’भिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले सावधानी अपनाउन निर्देशन दिएको थियो ।

 

सं’क्रमणको तेस्रो लहर फै’लने त्रा’स बढेपछि बसेको सीसीएमसीको बैठकमा कोरोनाको बढ्दो संक्रमण रोकथामका लागि सजगता अपनाउने, सिमानामा होल्डिङ सेन्टर सञ्चालन गर्ने, भारतबाट फर्किएकाको एन्टिजेन परीक्षण र पीसीआर गर्ने, तत्काल स्वास्थ्य संर चना बनाउने, भारतबाट फर्किएकालाई आइसोलेसनमा राख्ने लगायतको निर्णय भएको थियो । बैठकमा स्मार्ट लकडाउन अर्थात् भीडभाड हुने क्षेत्र विद्यालय, सिनेमा हल, डान्स, डिस्को, चिडियाखाना लगायतका क्षेत्र बन्द गर्ने सम्बन्धमा पनि छलफल भएको थियो।

 

सरकारले एक साताको तथ्यांक विश्लेषण गरी स्मार्ट वा पूर्ण कुन चाहिँ लकडाउन गर्ने भन्ने निर्णय गर्ने बताइएको छ । सं’क्रमितको संख्या बढ्दै गएमा पुनः छलफल गरी निर्णय गर्ने तयारी छ । फेरि लकडाउन गरे एक वर्ष अघि खुलेको विद्यालय पुनः ब’न्द हुने त्रा’स बढेको छ । भर्खरै फस्टाउन थालेको पर्यटन व्यवसायमा पनि अन्योलता छाएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *