बागमती प्रदेशबाट स्वीकृति प्राप्त गरी सञ्चालन भइरहेको ट्याक्सी सेवाको भाडादर समायोजन भएको छ । पुस २० गते बसेको मन्त्रिस्तरीय बैठकले माघ १ गतेदेखि लागु हुने गरी भाडा निर्धारण गरेको हो ।
परिमार्जित भाडादर अनुसार उपत्यकामा सञ्चालित ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको सुरू ‘फ्लाग डाउन’ ६० रुपैयाँ कायम गरिएको यातायात मन्त्रालय बागमती प्रदेशले जनाएको छ।
सुरूका एक किलोमिटर यात्रापछि प्रति दुई सय मिटरको नौ रुपैयाँ असी पैसाका दरले थप हुने गरी कायम गरिएको हो । ट्याक्सीहरूले पूर्णरूपमा मिटरको प्रयोग गर्नुपर्ने मन्त्रालयले जानकारी दिएको छ । ट्याक्सी प्रयोग गर्ने सेवाग्राहीलाई सवारी साधनको नम्बर, चालकको सम्पर्क नम्बरसहितको विवरण भएको नेपाली तथा अंग्रेजी भाषामा लेखिएको भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्ने छ।
ट्याक्सीमा छुटेको सामान सेवा प्रदायकले सुरक्षित राखी नजिकको प्रहरीलाई सूचना दिनुपर्नेछ। नियमित रूपमा सरसफाइ गरी लैं’गिक वि’भेद रहित सेवाग्राही मैत्री व्यवहार गर्नुपर्ने मन्त्रालयले जनाएको छ । उक्त निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ट्याक्सी को न्युनतम भाडा ६० रुपैयाँ कायम भएको छ ।