बिशाल श्रेष्ठ
सिन्धुपाल्चोक: इन्द्रावती गाउँपालिका वडा नं ९ मा NCM NEPAL सस्थाको आर्थिक सहयोगमा भुकम्प पिडित तथा अतिविपन्न घरपरिवारका विद्यालय जाने बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।
वडाध्यक्ष बाबुराम लामाको उपस्थितिमा स्कुल ब्याग, टोपी, मोजा, स्कुल ड्रेस एक सेट लगायत जाडो मौसमका सामग्री हरु वितरण गरिएको हो। बिगत ५ वर्ष देखि NCM NEPAL ले वडा नं ९ को उक्त बालबालिका हरुको सबै घर धुरीहरुलाइ आयआर्जन र जिविकोपार्जन सम्बन्धि विभिन्न कार्यक्रम तथा कोभिड भाइरस बिरुद्धको जनचेतना र सरसफाई सम्बन्धी सामग्री हरु साथै तरकारीको बीउ विजन हरु सहयोग गर्दै आएको छ।
आफ्नो वडामा जिविकोपार्जन सम्बन्धि र बिभिन्न सामाजिक कार्यमा सहयोग गरेकोमा सम्बन्धित सस्था NCM NEPAL लाइ वडाको तर्फबाट वडाध्यक्ष बाबुराम लामाले धन्यवाद व्यक्त गर्नुभएको छ।