- अमेरिकी सैनिकले जर्मनीबाट म्यासाचुसेत्समा रहेकी आफ्नी आमालाई पठाएको पत्र
- दोस्रो विश्व युद्धमा पठाएको चिठी ७६ वर्षपछि प्राप्त
पिटसवर्गः दोस्रो विश्व युद्धको समयमा अमेरिकी सैनिकले पठाएको एक पत्र करिब ७६ वर्षपछि मात्र प्राप्त भएको छ।
अमेरिकी सैनिकले जर्मनीबाट म्यासाचुसेत्समा रहेकी आफ्नी आमालाई पठाएको पत्र करिब ७६ वर्षपछि प्राप्त भएको हो।दोस्रो विश्व युद्ध अन्त्यको क्रममा २२ वर्षीय आर्मी सर्जेन्ट जोन गोन्साल्भ्सले सन् १९४५ डिसेम्बरमा हुलाकमार्फत् आफ्नी आमालाई चिठी पठाएका थिए। सो चिठी पिटसबर्गस्थित अमेरिकी हुलाक सेवा कार्यालयमा फेला परेको र बुधबारमात्र आर्मीको परिवारले सो पत्र प्राप्त गरेको डब्ल्युएफएक्सटी टिभीमा रिपोर्ट छ।
सो रिपोर्टअनुसार सो पत्र ७५ वर्षसम्म नखोलिएको बताइएको छ। सो पत्रमार्फत् आफू सञ्चै भएको र चाडै भेट्ने वाचा गरेको बताइएको छ। ठीठ्ठि पठाउने आर्मी गोन्स्लेभ्सको भने सन् २०१५ मा निधन भएको बताइएको छ।