Get Our Android App

एनआईसी एसिया बैंकको १६ लाख लुटपाटमा कर्मचारीकै मिलेमतो

 कर्मचारीकै मिलेमतोमा एनआइसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको छ ।

महानगरीय प्रहरी परिसरका अनुसार उक्त बैंकको नगद संकलक काठमाडौंको काँडाघारी बस्ने प्रदीप खत्रीसहितका चार व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

 

उनले काठमाडौं महानगरपाकिला–१० को कार्यालयबाट १२ लाख ४५ हजार र मेट लाइफ इन्स्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार गरी १६ लाख ३० हजार बैंक दाखिला गर्न जाने क्रममा लुटपाट भएको भनी प्रहरीमा सूचना प्राप्त भएको थियो । सो घटना पुस १८ गतेको हो ।

 

सोही आधारमा प्रहरी वृत्त बानेश्वर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीबाट अनुसन्धान गर्दा खत्रीमाथि शंका लागेपछि पक्राउ परेका थिए ।

 

उनीमाथिको अनुसन्धानमा मिलेमतोमा उक्त नगद चोरी गरी भागबण्डा गरेको फेला परेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

 

प्रहरीले चोरीमा संलग्न खत्रीसहित ललितपुर धापाखेल बस्ने वर्ष २४ को विमल तामाङ, रामेछाप घर भइ ललितपुर बस्ने राज पौडेल र अनिश खड्कालाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ ।

 

उनीहरूले सबै पैसा भागबण्डा लगाएर बाँडेको फेला परेको जानकारी दिँदै प्रहरीले अहिलेसम्म १३ लाख ४६ हजार फेला परेको र दुई लाख ८२ हजार भने खर्च गरेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published.