Get Our Android App

माओवादी नेताको सम्पत्तिमा प्रतिनिधिको आँखा !

काठमाडौं, १५ पुस : विचार केन्द्रीत बहस गर्ने भनेको नेकपा (माओवादी केन्द्र) को महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेशनको पाँचौ दिन पुग्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ ।

 

सानो आवाज मिडियाको तर्फ वाट अंग्रेजी साल नयाँ वर्ष २०२२ को सुभ कामना

२५ समूह बनाएर गरिएको समूहगत छलफल सकिएसँगै हिजोबाट टोली नेताहरुले आफ्नो आफ्नो समूहबाट आएका सुझाव दिएका छन् । र उनीहरुको सुझावको जवाफ प्रचण्डले भोलि दिने कार्यक्रम रहेको छ । उनले जवाफ दिनु अघि स्थायी कमिटीमा छलफल गर्नेछन् ।

 

अन्य राजनीतिक दलका महाधिवेशन विचार भन्दा नेतृत्व केन्द्रीत रहेको र पुराना र संसदवादी दलहरुको प्राथमिकता नेतृत्व चयन र गुटबन्दीमा मात्र रहेकाले विचार निर्माण गर्ने थलो महाधिवेशनलाई बनाउने उद्घोष प्रचण्डले गरेका थिए । त्यस अनुरुप उनले महाधिवेशनमा झडै तीन घण्टा लगाएर प्रतिवेदन वाचन गरेका थिए । आफ्नो प्रतिवेदन पछि पार्टी रुपान्तरण हुने दाबी गरेका प्रचण्डलाई अहिले प्रतिवेदनले नै संकटमा पारेको छ ।

 

समूहगत छलफलमा मात्र अधिकांश समूहले पार्टी नेताहरुको जीवनशैली, नेतृत्वको आलोचना, बारम्बार एकै व्यक्तिलाई लाभको पद, पार्टीबाट सरकारमा भएको सहभागीता जनमुखी हुन नसकेको भन्दै चर्को आलोचना भएपछि प्रचण्ड संकटमा परेका छन् ।

 

बारम्बार एकै व्यक्तिलाई लाभको पद दिएको र उनीहरुले अकुत सम्पत्ति कमाएको भन्दै आलोचना भइरहेको हो । नेता लेखनाथ न्यौपानेले त फरक मत पेस गर्दै प्रचण्डको चर्को आलोचाना गरेका छन् ।

Leave a Reply

Your email address will not be published.