Get Our Android App

जाडो भगाउन जाँड रक्सी नखान चिकित्सकको सुझाव, हृदयघात भइ ज्यान नै जान सक्ने !

चिसो समयमा बालबालिका तथा ज्येष्ठ नागरिकहरूको स्वास्थ्यमा अ’सर पर्ने भएकाले विशेष ख्याल गर्न डाक्टरको सुझाव छ ।

 

चिसोमा दम, मुटु तथा फोक्सो सम्बन्धी स’मस्या भएका दीर्घ रो’गीलाई जो’खिम धेरै हुने भएकाले उनीहरुलाई चिसोबाट जोगाउन डाक्टरले सुझाव दिएका हुन् ।

सानो आवाज मिडियाको तर्फ वाट अंग्रेजी साल नयाँ वर्ष २०२२ को सुभ कामना

चिसोको समयमा तातो न्यानो हुन हिटर तथा कोइला बाल्नुको साटो न्यानो कपडा लगाउन र तातो पानीसहित गेडागुडीका रस, दाल जस्ता झोलिलो पदार्थ खान डाक्टर दिपेन्द्र कार्कीको सुझाव छ ।

 

आगो तथा हिटर र कोइला बाल्नै पर्ने छ भने कोठा भित्र नबाली खुला ठाउँमा बाल्न र खुल्ला ठाउँ नभए कोठाको झ्याल ढोका खोलेर मात्र बाल्न पनि डाक्टरको सुझाव छ ।

 

यस्तै, जाडोमा मुटु रो’गसम्बन्धी जोखिम धेरै हुने भएकाले खानपानमा ध्यान दिन फोक्सो तथा मुटु शल्य चिकित्सक डाक्टर सम्पूर्णमान तुलाधरको सल्लाह छ ।

 

उहाँकाअनुसार र’क्तचाप कहिले धेरै र कहिले कम हुने स’मस्या जाडोमा हुने भएकाले गर्मीको तुलनामा जाडोमा मुटु सम्बन्धी जो’खिम बढी हुन्छ ।

 

यस्तै, चिसोका कारण शरीरमा उत्पन्न हुने हर्मोनले मुटुको चाल वा धड्कन बढाउने भएकाले मुटु भित्रका नलीमा रक्त सञ्चार अ’वरुद्ध गर्ने र र’गत ज’म्ने सम्भावना बढाइदिने उहाँले बताउनुभयो ।

 

यसबाट जोगिन चिसोमा सकेसम्म घर बाहिर हिडँडुल गर्नुहुँदैन र चु’रोट तथा जाँ’ड र’क्सी खानु हुँदैन । जाडो छल्न चु’रोट तथा जाँ’ड र’क्सी खाँदा ज्यानै समेत जाने जोखिम हुने डाक्टर तुलाधरले बताउनुभयो ।

 

जाँ’ड र’क्सी खाँदा शरीरलाई तातो न्यानो भएको भान हुन्छ । यसले गर्दा उनीहरुले न्यानो कपडा लगाउँदैनन् । तर, जाँड र’क्सीले न्यानो बनाएको जस्तो भए पनि शरीर चिसो नै हुने भएकाले हृ’दयघातको जोखिम धेरै हुने डाक्टर तुलाधरको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *