चिकित्सा क्षेत्र सुधारको माग राख्दै गरिएको आन्दोलनको नेतृत्व गर्दै आएका डा.गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।
डा. केसीले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।
डा. केसीलाई काँग्रेस महामन्त्री गगन थापाले बालुवाटार लिएर गएका थिए । डा.केसी चिकित्सा क्षेत्र सुधारको माग राख्दै पटक-पटक अनसन बस्दै आएका छन् ।