Get Our Android App

हर्के हवल्दारका चर्चित कलाकार मोटरसाइकल दुर्घटनामा…..

हाँस्य सिरियल ‘हर्के हवल्दार’ का कलाकार सागर गिरी मोटरसाइकल दुर्घटनामा परेर गम्भिर घाइते भएका छन् ।

आइतबार ‘हर्के हवल्दार’ सुटिङका लागि भक्तपुरबाट काठमाडौं धर्मस्थली आउँदै गर्दा उनी मोटरसाइकल दुर्घटनामा परेको हास्य कलाकार महादेव त्रिपाठीले जानकारी दिए ।

 

दुर्घटना लगतै गिरीलाई ठिमीको कोरियन अस्पतालमा भर्ना गरिएको छ । त्रिपाठीका अनुसार गिरीको दाईने खुट्टा भाँचिएको र शरीरका विभिन्न भागमा चोट लागेको छ । खुट्टामा स्टिल राख्नुपर्ने भएकाले सोमबार अपरेसन हुने भएको छ ।

 

सिरियलमा अभिनयको अलवा प्रोडक्सन म्यानेजरको काम समेत गर्दै आएका गिरीले थुप्रै सिरियल तथा केही फिल्ममा समेत अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *