केही दिन देखि काठमाडौको असन क्षेत्रमा चिया बेच्दै हिड्ने सरिता सामाजिक संजालमा निकै भाइरल बनेकी छिन ।
उनले थर्मसमा चिया बोकेर पसल पसलमा चिया बेच्दै हिडेको फोटो तथा भिडियो निकै भाइरल बनेको छ अहिले सामाजिक संजालमा ।
रुपमा पनि निकै सुन्दर देखिने २२ वर्षकि सरिता उदयपुरकि हुन । उनी बिगत ५ बर्ष काठमाडौ बस्दै आएकी छिन । अध्ययनको शिलशिलामा काठमाडौ बस्दै आएकी सरिता अहिले चिया बेचेरै मासिक लाख रुपैया भन्दा धेतै कमाउछिन ।
सरिता बिगत १ बर्ष देखि यसरी चिया बेच्दै आएकी छिन । उनले अगिले भाइ सुजनको अध्ययन खर्च आफैले गर्दै आएकी छिन भने आफुले कमाएको पैसा घर पनि पठाउछिन । २० बर्ष को उमेर देखि कुनैपनिकाम पनि सानो ठुलो हुदैन भनी अध्यय सँगसँगै चिया ब्यापार थालेको सरिता बताउँछिन । सानो लगानि मै हुने चिया व्यापार सुरु गरेको पहिलो दिनमा ३२० रुपैयाँको व्यापार भए पछि केही हुने रहेछ भन्ने लागेर आफुले यसलाई निरंतरता दिएको सरिता बताउँछिन ।
सरिताको कोठामा हेर्दा चिया बोक्ने थर्मसको लाइन नै देखिन्थ्यो । साथै चिया बनाउने भाडाहरु पनि देखिन्थे । कोठामै चिया बनाएर थर्मसमा बोकि उनी बिहान र बेलुका करिव ६ घण्टा चिया बेच्न हिड्ने गरेको बताउँछिन । अहिले आफुले दुधचिया र कालो चिया गरि दैनिक करिव ४०० कप चिया बेच्ने गरेको सरिता बताउछिन् । सुरुवाती केही महिना दैनिक २०० कप जति बिक्री हुने गरेको उनी बताउछिन । सुरुवाती समय आफू बसुन्धरा क्षेत्रमा चिया बेच्ने गरेको बताईन ।
अहिले असन तथा बसन्तपुर क्षेत्रमा आए पछि भने व्यापार पनि निकै बढेको उनी बताउँछिन । बसन्तपुर तथा असन क्षेत्र काठमाडौको निकै भिडभाड हुने ठाउँमा पर्दछ म त्यसैले पनि यहा व्यापार राम्रो भएको सरिता बताउँछिन । आफ्नो भाइ सुजन सगैँ सरिता अहिले बस्दै आएकी छिन ।
भाइ सुजनले पनि आफ्नो काममा आफुलाई हौंसला दिने गरेको बताउछिन । अहिले सुजन पनि दिदिलाई काममा सहयोग गर्दै आएका छन । सरिताले लिएर गएको चिया सकिए पछि सुजन चिया पकाएर सरिताले बोलाएको ठाउँ सम्म लग्दिने गर्ने गरेको सुजन बताउँछन ।
दिदी बिहान बेलुका चिया लिएर गए पछि कोठामा खाना पकाउने लगायतका काम सुजले नै गर्दै आएको बताउँछन । दिदिले आफ्नो हरेक ईच्छा पूरा गर्दिने गरेको सुजन बताउछन् ।
अहिले आफ्नो व्यापार खर्च महिनाको १ लाख लाग्ने सरिता बताउछिन । त्यसमा नाफा १ लाख बराबर बस्ने गरेको उनले बताईन । आफुले पकाएको चिया नायक अनमोल केशीलाई खुवाउने रहर भएको सरिताले हास्दै सुनाईन । चिया पिएर अनमोलले कस्तो प्रतिक्रिया दिन्छन त्यो सुन्न मन भएको उनको भनाई छ ।