Get Our Android App

अस्पताल परिसरको गाडीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

पोखरामा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रहेको पुरानो गाडीमा सालनाल सहित छाडिएको अवस्थामा नवजात शिशु फेला परेका हुन् ।

तस्वीर: सामाजिक संजालवाट

अस्पताल परिसरमा पार्किङ गरेको पुरानो गाडीमा छाडिएको अवस्थामा नवजात शिशु (पुरुष) फेला परेको पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानका बालरोग विभाग प्रमुख डा. रामचन्द्र बास्तोलाले जानकारी दिए ।

उनले अस्पताल परिसरमा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशुलाई उद्धार गरी अस्पतालको एनआइसीयु वार्डमा लगेर उपचार थालिएको बताए ।

 

 

शिशुलाई एनआइसीयुमा कृत्रिम श्वासप्रश्वास गराएर उपचार गरिएको र हाल बच्चाका स्वास्थ्यमा सुधार आएको डा.बस्तोलाले बताए ।

 

‘अन्त्यन्त जटिल अवस्थामा भेटिएका शिशुलाई हामीले एनआइसियु वार्डमा कृत्रिम स्वासप्रश्वास गराएपछि स्वास्थ्यमा क्रमिक सुधार आएको छ,’ उनले भने, ‘बच्चाको स्वास्थ्यमा सुधार आएपनि खतरामुक्त भने छैन, हामीले बच्चाको उपचारका निरन्तर प्रयास गरिरहेका छौं।’अस्पताल परिसरमा सालनाल सहित बच्चा जन्माएर आमा फरार भएपछि महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *