Get Our Android App

दक्षिण कोरिया बाट माओवादीको राष्ट्रिय सम्मेलन प्रतिनिधिमा चुडामणि अधिकारि

विशाल श्रेष्ठ/दक्षिण कोरिया

सउल/कोरिया: नेकपा माओवादी केन्द्र निकट प्रवास संगठन जनप्रगतिशील मंच दक्षिण कोरियाको तर्फबाट माओवादीको राष्ट्रिय सम्मेलनमा भाग लिन प्रतिनिधिको रुपमा चुडामणि अधिकारी लाइ चयन गरेको छ ।

जनप्रगतिशील मंच दक्षिण कोरियाको आयोजनामा आयोजित कार्यक्रममा चयन गरिएको प्रतिनिधि संगठनको पुर्व उपाध्यक्ष ,पुर्ब सल्लाहकार एकता प्रकृयाका के स कमरेड चुडामणी अधिकारीको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको थियो।

दुर्गा रेष्टुरेन्ट जोंगाकमा मंचको बरिष्ठ उपाध्यक्ष जिवन खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुर्बी एसिया संयोजक पुर्ब Nrna अध्यक्ष तथा पुर्ब संरक्षक बिनोद कुबर रहनुभएको थियो। कार्यक्रममा उपस्थित व्यक्ति हरूलाई मंचको कोषाध्यक्ष BB तामाङले स्बागत मन्तव्य दिनुभएको थियो। कार्यक्रममा बिशेष अतिथिको रुपमा निबर्तमान अध्यक्ष क.दिलीप धिताल NRNA अध्यक्ष तथा मन्चका पुर्ब अध्यक्ष क.दिपक पुन ,मन्चका पुर्ब सल्लाहकार याम भुषाल,पदम भण्डारी,नारायण तिमिल्सीना रहनुभएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरुले कोरिया बसाई सफलतापूर्वक सम्पन्न गरी सम्मेलन प्रतिनिधि को रूपमा स्बदेश प्रस्थान गर्न लाग्नुभएका चुडामणी अधिकारी लाई बिदाई मन्तव्य राख्नुभएको थियो।

महासचिव प्रविन गिरिले सम्मान तथा बिदाई कार्यक्रम मा उपस्थित प्रमुख अतिथि ,बिशेष अतिथि कमरेड लगायत उपस्थित सम्पुर्ण लाइ जनप्रगतिशील मंच दक्षिण कोरियाको तर्फबाट धन्यवाद व्यक्त गरेका छन।

 

Leave a Reply

Your email address will not be published.