Get Our Android App

जबरजस्ती करणीको मुद्दा हाल्ने धम्की दिएको आरोपमा महिला पक्राउ

जबरजस्ती करणीको मुद्दा लगाइदिने भन्दै ठगी गरेको आरोपमा सप्तरीमा एक महिलासहित दुई जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका ९ लालपट्टी बस्ने ३२ वर्षीय मो. रहमान मियाँ र २५ वर्षीया रुबिना खातुन रहेको सप्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।रुबिना खातुन र रहमान मिया मिलेर पीडितसँग एक लाख ठगी गरेको उनले बताए ।

 

रुबिनाले खडक नगरपालिका ९ बस्ने समसुल मियाँकी श्रीमती गुलेसा खातुनलाई फोन गरी उनका श्रीमानले आफुलाई जबरजस्ती करणी गरेको बताउँदै धम्क्याएकी थिइन् ।उनले आफुलाई ४ लाख रुपैयाँ दिए उक्त मुद्दा मिलाउने भन्दै बार्गेनिङ गरेकी थिइन् । उनले त्यति पैसा नदिए जबरजस्ती करणी मुद्दा लगाई श्रीमानलाई जेल पठाइदिने धम्की दिएको प्रहरीको भनाई छ ।

 

रुबिनाले गुलेसासँग मंसिर १० मा १ लाख रुपैयाँ लिइसकेको प्रवक्ता काफ्लेले बताए । प्रहरीमा उजुरी परेपछि अनुसन्धानका क्रममा दुवै जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.