विशाल श्रेष्ठ
कास्की/पोखरा:न्यानो माया अभियान अन्तर्गत पहिलो पाइला नेपाल पोखरा शाखा ले सरस्वति आधारभूत बिधालय पोखरा २२ सिम्लेपात्ले मा १६ जना बिधार्थि लाइ न्यानो कपडा र शैक्षिक सामाग्री बितरण गरि सम्पन्न गरेको छ।
पहिलो पाइला पोखरा शाखाको अध्यक्ष सन्दिप सापकोटा ले यो अभियान मा साथ दिनु हुने सम्पुर्ण सहयोगी मन हरु प्रति आभार व्यक्त गर्दै जस्तो सुकै परिस्थिति मा पनि आफुलाई हौसला र सहानुभूति दिनु हुने हरु प्रति धन्यवाद व्यक्त गरेका छन।
साथै सापकोटाले पहिलो पाइला पोखरा शाखाको यात्रा निरन्तर जारि रहने र आगामि पुस ७ गते धादिङ मा ५८ बिधार्थि लाइ न्यानो कपडा बितरण गर्न जाने कार्यक्रम पनि तय रहेको जानकारी दिए।
पहिलो पाइला नेपाल बिगत २०७४ साल देखि सामाजिक सेवामा अग्रसर रहदै आएको छ। हाल सम्म १४ ओटा शाखा हरु रहेको छन र अझै बिस्तारित हुने क्रममा ४ ओटा शाखा हरु छन।