Get Our Android App

न्यू भिजन ग्रुपले नया बर्षमा ढाका टोपी फोटो प्रतियोगिता गर्ने

विशाल श्रेष्ठ/दक्षिण कोरिया

सउल/दक्षिण कोरिया: सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्वच्छ परोपकारी मनका धनि युवाहरुको सामुहिक संगठित समुह न्यु भिजन ग्रुप दक्षिण कोरियाले अंग्रेजी नया बर्ष २०२२ साथै टोपी दिवसको अवसर पारेर मात्रीभुमि प्रति माया झल्काउने उद्देश्यका साथ ढाका टोपी फोटो प्रतियोगिता को आयोजना गर्ने भएको छ।

 

न्यू भिजन ग्रुपले यहि आउदो नयाँ वर्ष तथा टोपी दिवसको अवसर पारेर “ढाका टोपी फोटो प्रतियोगिता ” ( Photo contest) को आयोजना गर्न सम्पुर्णमा जानकारी गराउदै अनलाइन माध्यमबाट हुने उक्त ढाका टोपी फोटो प्रतियोगितामा सहभागी हुनको लागि सम्पुर्ण कोरियाबासी नेपाली दाजुभाई दिदिबहिनी हरुमा अनुरोध गरेको छ।

उक्त प्रतियोगितामा सहभागी जनाउनको लागि निम्नानुसारको नियम हरु लागु गरिएको जनाइएको छ:

1) नेपाली ढाका टोपी लगाएको एकल फोटो हुनुपर्नेछ।

2) फोटो सफा तथा कसैलाई असर नपुर्याउने पृष्ठभुमि मा हुनुपर्नेछ।

3) फोटो न्यू भिजन ग्रुप दक्षिण कोरिया को फेसबुक म्यासेन्जर वा सस्थामा आबद्ध आधिकारिक ब्यक्तिहरुलाई 2021- 12-13 देखि 21 गते सम्म पठाईसक्नुपर्ने छ।

4) महिला तथा पुरुष सबैले सहभागीता जनाउन सक्नुहुनेछ।

5) सम्पुर्ण प्रतियोगिहरुको फोटो सस्थाको( न्यु भिजन ग्रुप) आधिकारिक फेसबुक बाट 2021-12-23 गते बेलुका 7 बजे फोटो सार्बजनिक गरिनेछ र 12-31 बेलुका 12 बजे सम्म आएको मतलाइ मान्यता दिइने छ ।

6) फोटो मा प्राप्त लाईक, कमेन्ट ,शेयर को आधार मा बिजेता घोषणा गरिनेछ।(1 Like (सम्पूर्ण react)-1 vote ,1 comment-2 vote ,1 share -3 vote)प्रदान गरिनेछ। एकै व्यक्तिले गरेको कमेन्ट र सेयरको एक पटकको लाइ मात्र मान्यता दिइनेछ ।

7) नतिजा अङ्ग्रेजी नयाँ बर्ष 2022-01-1 गते बेलुका 8 बजे प्रकाशन गरिनेछ।

8)उत्कृष्ट ३ प्रतियोगी लाई नेपालको पहिचान झल्कने आकर्षक पुरस्कार तथा प्रमाणपत्र ले सम्मान गरिने छ ।

9) सहभागिताको लागि

नाम:-

ठेगाना:- ( कोरियामा रहेको स्थान )

सम्पर्क ब्यक्तिहरु

दिपेन्द्र अधिकारी 01020838078, सन्जीव राई 01045072234,अनिस गुरुङ 01024906139, कमल अर्याल Sanoaawaj.com01059398976, राजकुमार आले मगर (प्रिन्स )01082188523 ,उत्तम लामिछाने 01036354446

लाइ सम्पर्क गर्न सक्नुहुने कार्यक्रम संयोजक  दिपेन्द्र अधिकारीले जानकारी दिनुभयो।

थप जानकारीको लागि न्यू भिजन ग्रुपको फेसबुक हेर्नसक्नुहुनेछ

https://www.facebook.com/naya.kar.1

Leave a Reply

Your email address will not be published.