Get Our Android App

रुपन्देहीमा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते भएका छन् । काठमाडौंदेखि दाङ जाँदै गरेको ना ६ ख २३३१ नम्बरको यात्रुबाहक बस र रुपन्देहीको हरैयाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २५२ नम्बरको माइक्रो सैनामैनाको मुर्गियामा ठक्कर खाएका हुन् ।

 

दुर्घटनामा दुबै सवारी साधनका चार–चार जना यात्रु घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको र उनीहरुको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै सवारी र चालकलाई नियन्त्रणमा लिएको छ ।

 

यो पनि, के तपाईँलाई सरकारको तलब खाने कुनै शिक्षक कुनै पार्टीको सदस्य भएको जानकारी छ ?

 

जानकारी छ भने हामीलाई sanoaawaj@email.com मा त्यस्ता शिक्षकको विवरण ( शिक्षकको नाम, उहाँले पढाउने विद्यालयको नाम र ठेगाना, पार्टीको कार्यक्रममा सरिक भएको फोटो लगायत प्रमाण सहित ) इमेल गर्नुहोस्।

हामी तपाईँको विवरण गोप्य राख्नेछौँ।

यस्ता शिक्षक वा कर्मचारी राजनैतिक सम्बन्धी ऐन २०७३ को दफा १४(२) र ५७(१) बमोजिम कुनै पनि दलको सदस्य बन्न मिल्दैन। दलले सदस्य बनाउन मिल्दैन।

 

हामी सम्बन्धित निकायमा उजुरी गर्नेछौँ। कानुन बमोजिम सजायको लागी अपिल गर्नेछौँ।

 

गुणस्तरीय र निःशुल्क शिक्षा हाम्रो प्राथमिक मुद्दा हो। शिक्षकले दलीय सङ्गठन खोलेर दलको झन्डा बोकेर कसरी गुणस्तरीय शिक्षा प्राप्त होला। आजै मात्र महाधिवेशनमा शिक्षकहरू संलग्न हुँदा स्कुलहरूको पठनपाठनमा अवरोध आएको समाचार देशभरिबाट आएको छ।

 

वैकल्पिक युवा सङ्गठन

 

” युवा अघि सर्छ, देश अघि बढ्छ ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *