Get Our Android App

आज ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो ग्रहण लाग्दै, कति बजेदेखि लाग्दैछ हेर्नुहोस् ?

आज मंसिर ३ गते अर्थात नोभेम्बर १९ तारिख । ५ सय ८० वर्ष यताकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दैछ । यो ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ ।

 

चन्द्र ग्रहण नेपाली समयअनुसार दिउँसो १ बजेर ३ मिनेटदेखि साँझ ४ बजेर ३२ मिनेटसम्म रहने बताइएको छ । पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो हुन गएको खगोलविद्हरुको दाबी छ।

 

यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिने बताइएको छ। दिउँसो करीब साढे १ बजे ग्रहण उच्च बिन्दुमा पुग्ने बताइएको छ।यो ग्रहण पृथ्वीका विभिन्न भागबाट देखिनेछ। बैज्ञानिकहरुका अनुसार आजको चन्द्रग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरको क्षेत्रबाट प्रत्यक्ष देखिने छ ।

 

खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ । उक्त अवस्थालाई नै चन्द्र ग्रहण भनिन्छ । यसअघि सन् १४४० को फेब्रु अरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको भनिदै आएको छ । र, आजपछि सन २६६९ फेब्रुअरी ८ मा यस्तै लामो चन्द्रग्रहण लाग्ने बताइएकोछ  ।

यो पनि, रातभर बलात्कार पश्चात दलित महिलाको हत्या, दुई जना पक्राउ

काठमाडौं: महोत्तरीकी अमृता सदाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा महोत्तरी, भंगहा नगरपालिका-५ सीतापुरका २४ वर्षीय विपिन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सा पकडियाका ४२ वर्षीय मनोज यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिएका छन्।

 

मृतक अमृता भंगहा-२ बखरी टोलकी दलित समुदायकी हुन्। ३५ वर्षीया अमृतामाथि सदालाई रातभरि बलात्कार गरी हत्या गरेको अभियोग लगेको प्रहरीले जनाएको छ।

 

‘मेला हेर्न जाउ भनी झुक्याएर राति ९ बजे लगे। गाउँ नजिकैको चौरीमा पुर्‍याएर दुवै जनाले पालैपालो करणी गरे। अचेत अवस्थामा भेटिएकी अमृताको उपचारको क्रममा निधन भयो’ एसपी दिनेश आचार्य।

बुधबार आरोपी विपिनलाई उनकै गाउँबाट प्रहरीले पक्राउ गरेको छ भने मनोजलाई सिरहाको मिर्चैया नगरपालिका-५ पक्राउ गरिएको हो। उनीहरुमाथि जबर्जस्तीकरणी तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ।

 

 

गत असोज १३ गते झण्डा मेला हेर्न लगेर उनीहरुले अमृतामाथि रातभरि जबर्जस्तीकरण गरेको एसपी दिनेश आचार्यले बताए। ‘मेला हेर्न जाउ भनी झुक्याएर साँझ ९ बजे लगे। गाउँ नजिकैको चौरीमा पुर्‍याएर दुवै जनाले पालैपालो करणी गरे,’ एसपी अचार्यले अन्नपूर्णसँग भने, ‘सामूहिक बलात्कारबाट बेहोस् भएकी मृतक अमृतालाई बिहान ३ बजे घर नजिकै सडकमा छाडेर भागे।’

 

उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको थियो। दुई वर्षअघि अमृता र मनोजबीच चिनजान भएको थियो। मनोजले आफ्ना साथी विपिनसँग मिलेर राति मोटरसाइकलमा लगेर करणी पश्चात हत्या गरेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *