Get Our Android App

प्रचण्डलाई स्वागत गर्न नगरपालिकाले दियो सार्वजनिक बिदा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्न रामगोपालपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। नगरपालिकाभित्रमा नवनिर्मित स्वास्थ्य संस्था उद्घाटनको लागि प्रचण्ड आउने भएपछि स्वागतको लागि बुधबार एक दिनको बिदा दिइएको हो।

मेयर अशोककुमार मण्डलले जारी गरिएको प्रेस विज्ञप्तिमा अध्यक्ष प्रचण्डको स्वागतका लागि मंसिर १ गते बुधबार सार्वजनिक बिदाको घोषणा गरेका हुन्। नगरपालिकाले सार्वजनिक बिदा दिएपछि सामाजिक सञ्चालनमा आलोचना भएको छ।

 

नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नम्बर २,३,४,६,७, ८ र ९ को उद्घाटनका लागि प्रचण्ड महोत्तरी आउने कार्यक्रम रहेको नगरपालिकाको सो विज्ञप्तिमा उल्लेख रहेको छ। प्रचण्ड मध्यान्ह १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको खुल्ला सभालाई सम्बोधन गर्ने छन्। कार्यक्रमको तयारी पूरा भएको नगरपालिकाको कार्यालयले जनाएको छ।

यो पनि, अमेरिकालाई उछिन्दै चीन बन्यो संसारकै धनी देश

महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै छिमेकी मुलुक चीनले विश्वकै धनी मुलुक बनेको छ । कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीको ताजा रिपोर्टअनुसार पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ । तर अमेरिकाको सम्पत्ति भने सोही गतिले बढेको देखिँदैन ।

 

उक्त रिपोर्टअनुसार पछिल्लो दुई दशकमा विश्वभरको कुल सम्पत्ति तीन गुणाले वृद्धि भएको छ । विश्वको ६० प्रतिशत आय रहेका १० मुलुकको वासलात (ब्यालेन्स शीट) को जाँचपछि उक्त रिपोर्ट तयार पारिएको जनाइएकाे छ। २० वर्षको अवधिमा वृद्धि भएको विश्वको कुल सम्पत्तिमध्ये चीनले एक-तिहाई अर्थात् ३३ प्रतिशत हिस्सा ओगटेको छ । यसरी हेर्दा सो अवधिमा चीनको कुल सम्पत्तिमा १६ गुणा वृद्धि भएको छ ।रिपोर्टअनुसार सन् २००० मा विश्वको कुल सम्पत्ति करिब १५६ ट्रिलियन डलर थियो । तर २०२० मा विश्वको कुल सम्पत्ति बढेर ५१४ ट्रिलियन डलर पुगेको छ । उक्त अवधिमा वृद्धि भएको कुल सम्पत्तिमध्ये एक-तिहाई हिस्सा चीनको रहेको छ ।

 

सन् २००० मा विश्व व्यापार संगठनको सदस्य बन्दा चीनको कुल सम्पत्ति ७ ट्रिलियन अर्थात् ७० खर्ब डलर थियो । सन् २०२० मा त्यहाँको कुल सम्पत्ति बढेर १२० ट्रिलियन डलर पुगेको छ । यसको अर्थ २० वर्षमा चीनको कुल सम्पत्तिमा ११३ ट्रिलियन थपिएको छ ।

 

पछिल्लो २० वर्षमा चीनको तुलनामा अमेरिकाको सम्पत्तिमा कमी आएको र दुई गुणाले बढेको छ । २०२० मा अमेरिकाको कुल सम्पत्ति ९० ट्रिलियन डलर रहेको अनुमान गरिएको छ । रिपाेर्टका अनुसार सम्पत्ति (प्रोपर्टी) को मूल्यमा ज्यादा वृद्धि नहुँदा अमेरिकाले पहिलो स्थान गुमाएको र चीनले उछिनेर विश्वकै धनी मुलुक बनेको हाे ।

 

चीन र अमेरिका विश्वका सबैभन्दा ठूला अर्थतन्त्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *