Get Our Android App

नेपाल बन्दको असर काठमाडौं उपत्यकामा परेन, सवारीसाधनहरु चल्न थाले

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । काठमाडौँ उपत्यकामा भने बन्दको प्रभाव सामान्य देखिएको छ । पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनद’बाब दिने भन्दै नेकपाले कात्तिक ३० गते बन्द आह्वान गरेको थियो ।



 

 

मंगलबार बिहान सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा नि’र्बाध गु’डिरहेका छन् । सडकमा बिस्तारै सवारीको चा’प बढ्दै गइरहेको छ । चोक चोकमा सुरक्षाकर्मीको बा’क्लो उपस्थिति रहेको छ ।

काठमाडौंबाट छुट्ने लामो दूरीका सवारी साधन भने चलेका छैनन् । लामो दूरीका सवारी सन्चालकहरु बन्दको प्रभाव र प्रदर्शनकारीको उपस्थिति हेरेर दिउँसोदेखि चलाउने मनशायमा छन् । उपत्यकाका कतिपय विद्यालयले आजका लागि विदा दिएका छन् ।

 

 

 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा ख’टिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन् । आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा ख’टिएका विप्लव निकट सो पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्करलगायत पक्राउ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले जानकारी दिए । पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उहाँले माग गर्नुभयो । नेपाल बन्दका कारण दमौली बजार बिहानैदेखि सुनसान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *