Get Our Android App

इन्धनको मूल्यवृद्धि फिर्ता नभए सार्वजनिक यातायात ठप्प पार्ने आयो यस्तो चेतावनी

काठमाण्डौं । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले पछिल्लो समय गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नहुने बताएका छन् ।

उनले अहिलेको अवस्थामा मूल्यवृद्धि फिर्ता लिन नसकिने बताएका हुन् । समाचार आजको आर्थिकन्यूजमा प्रकाशित छ ।

 

शुक्रबार राजधानीमा भएको कार्यक्रममा उनले भने,‘अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सवालमा यो मूल्यवृद्धि हो कि समायोजन ? भनेर साथीहरुले भन्नुभयो । यो दुवै हो । मूल्य बढ्दा पनि समायोजना नै भन्छौं, अनि घट्दापनि समायोजन नै भन्छौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ हुँदा हामीले पनि यता समायोजन गर्ने हो ।

 

यो पूर्ण रुपले अन्य मूलुकमा निर्भर हुने विषय हो ।अन्तर्राष्ट्रिय बजारमा हामीले हस्तक्षेप गर्न पनि नसक्ने अवस्था छ । आयल निगमले जुन मूल्य सूचि प्राप्त गर्छ, हरेक चोटी हामीले मूल्य प्राप्त गर्दा निगमको सबै कुरा छर्लङ पार्छौं । सरकारको सम्बन्धित निकायले विश्लेषण गरेको हुन्छ । लेखापरीक्षणको रिपोर्टमा हाम्रो वार्षिक प्रतिवेदन आउँछ । हामीले आफ्नो प्रतिवेदन सार्वजनिक गर्नको लागि साधारणसभा आह्वान गर्दै आएका छौं, गत पुषमा हामीले साधारणसभा गरेका थियौं ।’

 

उनले मूल्यवृद्धि नगर्दा निगमलाई अरबौं घाटा हुने भएकोले बाध्य भएर मूल्यवृद्धि गरिएको स्पष्ट पारे । उपाध्याय पोडियममा बोल्दै गर्दा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले मूल्यवृद्धि फिर्ता हुन्छ कि हुँदैन् ?ठ्याक्कै भन्नुहोस भनेर सोधेका थिए ।

 

सिटौला आक्रामक रुपमा प्रस्तुत भएपछि उपाध्यायले लोकतन्त्रमा सबैको बोल्ने अधिकार हुन्छ भन्दै सिटौला बोल्दै गर्दा आफूले धैर्यतापूवर्क सुनेको भन्दै अब आफ्नो बोल्ने पालोमा पनि शान्त भईदिन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *