Get Our Android App

१३ वर्षमै पिता बनेका यी बालकको घतलाग्दो कहानी यस्तो छ

एजेन्सी– १३ वर्षको उमेरमा आमा बनेका केही घटना सार्वजनिक हुन्छन् । नेपालमै पनि यस्ता केही घटना यदाकता सार्वजनिक भइरहेका हुन्छन् । तर, १३ वर्षको उमेरमै पिता बनेको घटना सायद विरलै होलान् ।



 

घटना बेलायतको हो । उनी २००९ मा १३ वर्षको उमेरमै पीता बनेको खबर सार्वजनिक भएको थियो । यो खबरले सबैलाई अचम्मित पारेको थियो ।

 

कतिपयले त यो खबर पत्याउनै सकेनन् । तर यो वास्तविक घटना थियो । ती किशोरको नाम एल्फी हो । उनको बारेमा समाचार द सन पत्रिकाले छापेको थियो पहिलोपटक । उनको कहानी गज्जबको छ ।

 

जब उनी १२ वर्षका थिए, एकजना १५ वर्षीया किशोरीसँग उनको प्रेम बस्यो । उनीहरुबीच सम्बन्ध भयो र ती प्रेमिका गर्भवती भइन् । यसरी ती किशोर १३ वर्षको छँदा उनकी प्रेमिकाले बच्चा जन्माइन् ।

 

आफ्नी प्रेमिकाले जन्माएकी आफ्नी छोरी काखमा राखेर बसिरहेको एल्फीको तस्वीर साँच्चीकै भाइरल बन्यो । तर एल्फी चाहिँ पिता बन्दा आफूलाई शानदार अनुभव भएको बताएका थिए ।

 

तर विडम्बना उनी बाबु बनेको एक वर्षमै उनकी प्रेमिकाले उनलाई धोका दिइन् र छोरी सँगै लिएर अर्कैसँग हिडिन् । ती भूपू प्रेमिकाले अरु कसैसँग बिहे गरिन् ।

 

१३ वर्षको उमेरमा बाबु बन्न लागेको थाहा पाउँदा अर्थात् प्रेमिका गर्भवती भएको थाहा पाएसँगै एल्फी निकै जिम्मेवार बनेका थिए ।

 

प्रेमिकाले बच्चा नजन्माउने कुरा गर्दा उनले इन्कार गरेका थिए र बच्चाको जिम्मेवारी आफूले लिने भन्दै प्रेमिकाको पूरा ख्याल गरेका थिए ।

 

तर, प्रेमिका छोरीलाई लिएर पोइल गएपछि एल्फी गहिरो पीडामा परे । त्यसपछि नराम्ररी बिग्रेका थिए । मादक पदार्थ लगायत सेवन गर्न थाले । उनलाई प्रहरीले पक्राउ गरेको थियो । सोही कारण उनी जेल जीवन बिताउन बाध्य बनेका थिए ।

यो पनि, दर्शनार्थी बोकेको बोलेरो दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते

चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिडेका यात्रु बोकेको बोलेरो सोमबार दुर्घटना हुँदा तीन जनाको मत्यु भएको छ। अन्य १४ जना घाइते भएका छन्। सुनकोशी गाउँपालिका- ८ च्यानम हुँदै ककनीतर्फ गएको प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

 

मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका – ९ को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनामा परि घाइते भएकाहरुको उद्धार गरी अहिले उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए।

 

घटनामा परि गम्भीर घाइतेहरुलाई भने उपचारका लागि काठमाण्डौं पठाउन हेलिकप्टर झिकाइएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ। बोलेरोमा सुनकोशी गाउँपालिका – ८ च्यानम र सिद्धिचरण नगरपालिका वडा नं. १० रुप्सेका दर्शनार्थी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *