Get Our Android App

सर्वोच्च परिसर बाहिर प्रधानन्यायाधीशका समर्थकको प्रदर्शन

सर्वोच्च अदालत परिसर बाहिर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराका समर्थकहरुले प्रदर्शन गरेका छन् । उनीहरुले कानुन व्यवसायीहरुको जारी आन्दोलनका कारण न्याय निरुपणको काम अवरुद्ध भएको विरोधमा प्रदर्शन गरेका हुन् ।



प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सोमबार पनि कानुन व्यवसायीहरु प्रदर्शनको तयारीमा छन् ।

 

प्रदर्शनलाई लक्षित गरी सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।नेपाल बार एशोसिएसनतर्फको गेटबाट सर्वोच्च परिसरभित्र प्रवेश गरी कानुन व्यवसायीहरुले आइतबार पनि प्रदर्शन गरेका थिए । उनीहरुले गर्ने प्रदर्शनस्थल सोमबार भने प्रहरीको नियन्त्रणमा छ ।

 

नेपाल बारको अगुवाइमा आन्दोलनरत कानुन व्यवसायीहरुले भने आफूहरुको आन्दोलन बिथोल्न प्रधानन्यायाधीश जबराको निर्देशनमा ‘भिजिलान्ते’हरु प्रयोग गरिएको आरोप लगाउँदै आएका छन् ।

यो पनि, दर्शनार्थी बोकेको बोलेरो दुर्घटना : तीन जनाको मृत्यु, १४ घाइते

चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिडेका यात्रु बोकेको बोलेरो सोमबार दुर्घटना हुँदा तीन जनाको मत्यु भएको छ। अन्य १४ जना घाइते भएका छन्। सुनकोशी गाउँपालिका- ८ च्यानम हुँदै ककनीतर्फ गएको प्रदेश ३-०१-०२२ च ९६९४ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

 

मन्दिरतर्फ जाने क्रममा गाडी सुनकोशी गाउँपालिका – ९ को जौबारी नजिकैको कुसाङ भन्ने स्थानमा सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनामा परि घाइते भएकाहरुको उद्धार गरी अहिले उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिए।

 

घटनामा परि गम्भीर घाइतेहरुलाई भने उपचारका लागि काठमाण्डौं पठाउन हेलिकप्टर झिकाइएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ। बोलेरोमा सुनकोशी गाउँपालिका – ८ च्यानम र सिद्धिचरण नगरपालिका वडा नं. १० रुप्सेका दर्शनार्थी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *