Get Our Android App

रोनाल्डो विश्वकप खेल्न कतार नआउने निणर्य

 

एजेन्सी – सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को लागि सोझै छनोट हुन असफल भएको छ ।




घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा सर्वियासँग २-१ ले स्तब्ध हुदै पोर्चुगल विश्वकपमा सोझै छनोट हुन असफल भएको हो । यो जितले सर्वियाले पोर्चुगललाई पछि पार्दै समूह ‘ए’ बाट विश्वकपमा स्थान पक्का गरेको छ ।

 

पोर्चुगललाई विश्वकपमा सोझै छनोट हुन बराबरीको नतिजा पर्याप्त हुने भएपनि हार बेहोर्न पुग्दा विश्वकपमा छनोट हुन असमर्थ बन्यो । अब पोर्चुगलले प्ले अफको बाटोबाट विश्वकप छनोटका लागि खेल्नेछ । प्ले अफका खेलहरु मार्चमा हुनेछ ।

 

सर्वियाको जितमा डुसान टाडिक र एलेक्सानडर मित्रोभिकले गोल गरे । रेनाटो सान्चेजको गोल सान्त्वना बन्यो । लिस्वोआमा आइतबार राति भएको खेलमा पोर्चुगलले खेलको दोस्रो मिनेटमा नै रेनाटो सान्चेजको गोलबाट अग्रता लिएको थियो । उनले बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए ।

 

तर, त्यो अग्रतालाई पोर्चुगलले अन्तिम समयसम्म जोगाउन सकेन । ३३औं मिनेटमा डुसान टाडिकले सासा लुकिकको पासमा गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । घरेलु टोली पोर्चुगलले सर्वियासँग बल पोसेसन समेत गुमाएको थियो ।

 

खेलको अन्त्यतिर ९०औं मिनेटमा एलेक्सान्डर मित्रोभिक गोल गर्दै सर्वियाको जित पक्का गर्दा पोर्चुगल घरमै स्तब्ध बन्न पुग्यो । टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले खेलमा गतिलो प्रदर्शन गर्न सकेनन् ।

समूह ‘ए’ मा सर्वियाले ८ खेलबाट २० अंक जोड्यो । पोर्चुगलले १७ अंक जोड्यो । यो समूहमा आयरल्यान्ड र लक्जेमवर्गले समान ९ अंक जोड्दा अजरवैजान १ अंक जोडेर पुछारमा रह्यो ।

 

यही समूहको अर्को खेलमा आयरल्यान्डले लक्जेमवर्गलाई ३-० ले पराजित गरेको ट । आयरल्यान्डको जितमा सेन डुफी, चिडोजी ओग्वेने र कलुम रोविन्सनले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा भएको थियो ।

 

यो पनि, बिजुली पाएपछि २० अर्ब लगानी थप्दै होङ्शी

व्यावसायिक उत्पादन शुरू गरेको ३ वर्षपछि बिजुली पाएको होङशी शिवम् सिमेन्ट उद्योगमा थप लगानीसहित क्षमता विस्तार गरिने भएको छ । हालको उत्पादन क्षमतालाई दोब्बर बनाउन उद्योगमा रू. २० अर्बभन्दा बढी लगानी थप गर्न लागिएको हो । यसअघि उद्योगमा रू. ३६ अर्ब लगानी भइसकेको छ ।

 

२०७५ जेठदेखि व्यावसायिक उत्पादन थालेको उद्योगले हालसम्म डिजेलको प्रयोगबाट सिमेन्ट उत्पादन गर्दै आएको थियो । उद्योगलाई नेपाल विद्युत् प्राधिकरणले शनिवार रातिदेखि ३० मेगावाट (मेवा) विद्युत् उपलब्ध गराएको छ । नवलपरासीको सर्दीस्थित उद्योगबाट अहिले दैनिक ६ हजार मेट्रिकटन सिमेन्ट उत्पादन हुँदै आएको छ । उद्योगले दोस्रो चरणमा प्रतिदिन ६ हजार गरी पूर्ण क्षमतामा सञ्चालन गर्न लगानी थप्न लागेको हो ।

 

कुल १२ हजार उत्पादन क्षमताको उद्योगले लगानी थपेपछि उद्योग पूर्ण क्षमतामा सञ्चालन हुनेछ । थप लगानी र क्षमता विस्तारमा पनि लगानी मोडालिटी भने पुरानै हुनेछ । हाल सञ्चालित उद्योगमा चिनियाँ लगानीकर्ता कम्पनी हङकङ रेडलायनको ७० प्रतिशत र नेपाली लगानीकर्ता शिवम् सिमेन्टको ३० प्रतिशत लगानी छ । यही मोडालिटीअनुसार नै उद्योगमा थप लगानी विस्तार हुने उनले बताए । क्षमता विस्तार गर्न चिनियाँ लगानीकर्ताले ७० प्रतिशत लगानी थप्नेछन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *