Get Our Android App

काठमाडौँको थापाथलीमा हानाहान र लफडा, एयर गनसहित ७ जना पक्राउ

नेपाल रेडक्रस सोसाईटीको विशेष महाधिवेशनमा लफडा भएको छ । लफडा भएपछि विशेष विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा असन्तुष्ट समूहले तोडफोड गरेपछि स्थगित भएको हो ।

 

विधान विपरीत कारबाही गरेका १६ जिल्लाबाट आएका रेडक्रस सम्बद्ध व्यक्तिहरुले तोडफोड गरेका हुन् । रेडक्रसका सभा विथोलिएपछि असन्तुष्ट समुहले ज्याकेट समेत कब्जा गरेर लगेको छ । उनीहरुले कर्सी समेत भाँचेका छन् ।

 

रेडक्रसले कारबाही गरेका १६ जिल्ला समितिबाट आएकाहरुले सभास्थल बिथोलेका थिए । रेडक्रसको विधि र विधान विपरीत काम गरेका,वैधानिक दायित्व पूरा नगरेका ती जिल्ला समितिहरु भंग गरेर विधान बमोजिम केन्द्रीय समितिले तदर्थ समिति गठन गरिदिएको थियो ।

 

सुनसरी, मोरङ,सिराहा, रौतहट, पर्सा, काठमाडौं, गोरखा, रोल्पा, जाजरकोट, रूकुम पश्चिम, हुम्ला, चितवन, बागलुङ, मकवानपुरलगायतका जिल्ला समितिहरुले काम नगरेपछि नयाँ तदर्थ समिति गठन भएको थियो ।

 

आइतबार रेडक्रसले संघीयता अनुकूल हुने गरी विधान संशोधन गर्नका लागि महाधिवेशन गर्न लागेको थियो । सभास्थल बिथोलेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।यस्तै, नेपाल प्रहरीले एयर गनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले एयरगनसहित कैलालीका २१ वर्षीय जीतेन्द्र नाथलाई शनिबार थापाथलीबाट पक्राउ गरेको हो ।

 

पक्राउ परेका नाथले कोठामा अवैध हातहतियार लुकाइ राखेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

प्रहरीले उक्त हतियार काठमाडौं महानगरपालिका–११ थापाथलीमा रहेको नाथको डेराबाट बरामद गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि, सामूहिक बलात्कार भएपछि युवतीले गरिन् आत्महत्या

गुजरातमा एकपछि अर्को बलात्कारका घटनाहरु सार्वजनिक भइरहेका छन्। दिपावालीको दिन सफाई कर्मचारीले ट्रेन सफा गर्दै गर्दा एक युवतीको शव भेटेका थिए।

 

ट्रेनको माथिल्लो बर्थमा १९ वर्षीया युवतीले आत्महत्या गरेकी थिइन्। प्रहरीले उनको साथमा मोबाइल फोन भेटाएको थियो। मोबाइलको जाँच गर्दा युवती गुजरातको नवसारीको वासिन्दा भएको खुलेको छ। घटनाको अनुसन्धानका क्रममा एक डायरी पनि भेटिएको छ।

 

उक्त डायरीमा युवतीले लेखेअनुसार आत्महत्याको २ दिनअघि उनी रातको समयमा वडोदरामा उस ठाउँमा जाँदै थिइन् जहाँ डेरामा बस्दै आएकी थिइन्। उक्त बेला २ रिक्सावालाले उनको अपहरण गरेका थिए। त्यसपछि वडोदराको वैक्सीन ग्राउण्डमा लगेर उनको बलात्कार गरिएको थियो।

 

एकजना बसवालाले उनलाई सहयोग गर्दै घरसम्म लगेका थिए। घटनाको २ दिनपछि युवतीले साथीलाई भेट्न जाने भनेर परिवारलाई जानकारी गराई वलसाडका लागि निस्किएकी थिइन्। गुजरातको क्वीन ट्रेनमा बिहान उनको शव डिब्बामा फेला परेको थियो।

 

युवतीले आफूमाथि भएको बलात्कारबारे जानकारी गराएकी थिइनन्। हाल प्रहरीले घटनामा संलग्न भनिएका २ रिक्सा ड्राइभर र युवतीलाई सहयोग गर्ने बसवालाको खोजी गरिरहेको बताइएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *