Get Our Android App

इजिप्टमा बिच्छीले टोकेर तीनजनाको मृत्यु

बीबीसी । इजिप्टको दक्षिणतर्फ अस्वन शहरमा बिच्छीको टोकाइबाट तीनजना मानिसको मृत्यु भएको छ भने ४५० बढी घाइते भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।



हावाहुरी र भारी वर्षाका कारण यतिबेला सडक र मानिसहरुको घरभित्र बिच्छीको बिगबिगी बढेको बताइएको छ ।

 

शुक्रबार नाइल खोलाको नजिकतिर असिना पर्नुका साथै बिजुली चम्किँदै आक्रामक वर्षा भएको थियो । यसले सर्पहरुलाई पनि प्रभाव पारेको हुँदा जताततै फेला पर्ने खतरा बढाएको छ । यस्तोमा पहाड, मरुभुमी नजिकका गाउँमा रहेका मेडिकल सेन्टरहरुमा अहिले ‘एन्टि–भेनोम’का अतिरिक्त डोजहरु प्रदान गरिएको छ ।

 

मानिसहरुलाई धेरै रुख भएका स्थलमा नजान र घरभित्रै बस्न पनि आग्रह गरिएको छ ।

 

इजिप्टमा संसारकै सबैभन्दा विषालु बिच्छीहरु पाइन्छन् । जस्तै एउटा ‘फ्याट–टेल’ ले टोक्यो भने एक घण्टा भन्दा कम समयमै मान्छेको मृत्यु हुन सक्छ । बिच्छीले टोकिसकेपछि व्यक्तिलाई सास फेर्नमा कठिनाइ हुने, मांसपेसी दुख्ने र टाउकोमा असामान्य हलचल हुने जस्ता लक्षण देखा पर्छन् ।

 

एन्टि–भेनोमले लक्षण देखा पर्नु अगाडि विषको असरलाई कम गर्न बचाउको काम गर्दछ र लक्षण खराब बन्दै गएको अवस्थामा पनि ठीक गर्न सक्छ ।

 

 

Leave a Reply

Your email address will not be published.