Get Our Android App

अष्ट्रेलियाले जित्यो टी-ट्वान्टी विश्वकपको उपाधि

अष्ट्रेलियाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो ।



अष्ट्रेलियाले पहिलो पटक टी-ट्वान्टी विश्वकपको उपाधि जितेको हो । 

 

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा न्युजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

 

अष्ट्रेलियाले सेमिफाइनलमा बलियो टिम पाकिस्तानलाई ५ विकेटले हराएको थियो।

 

यस्तै, न्युजिल्याण्डले सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *